उद्यमशीलता व्यक्तिमा निहित गुण हो: युवराज खतिवडा « Eglish Khabarhub

उद्यमशीलता व्यक्तिमा निहित गुण हो: युवराज खतिवडा



काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले युवालाई भविष्यप्रति कसरी आशावादी बनाउन सकिन्छ भनेर सोच्नुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित ‘उद्यमशील युवा सृजनशील युवा’ विषयक कार्यक्रममा खतिवडाले करिब ९ लाख युवामा आशा जगाएर उनीहरुलाई रोक्न सक्नुपर्ने बताए ।

‘करिब ९ लाख युवामा कसरी आशा जगाउन सकिन्छ र कसरी उनीहरुलाई रोक्न सकिन्छ भन्ने अहं प्रश्न हो,’ उनले भने, ‘तर उद्यमशीलता भनेको व्यक्तिमा निहित गुण हो ।’

हालै १० प्लस २ पास गरेका युवालाई सीप र दक्षतासँग जोड्न सके युवा बाहिरिने क्रम रोकिनसक्ने भन्दै उनले अर्थमन्त्री महतको ध्यानाकर्षण गराए ।

खतिवडाले आईटी लगायतका कम्पनी पहिला आफैं पारदर्शी नबन्ने अनि सरकार पारदर्शी भएन, सरकारले पारदर्शी रुपमा काम गरेन भनेर भन्न नमिल्ने बताए ।

सरकारले पारदर्शी रुपमा काम गरोस् भन्ने लागेको हो भने पहिला आफै पारदर्शी बन्न आवश्यक रहेको उनको भनाइ छ ।

खतिवडाले उद्यमी बन्न चाहनेका लागि सरकारले बिमा गर्ने नीति लिएको बताए । बिमा गर्ने हो भने व्यवसाय गर्ने वातावरण बन्न सक्ने र आवश्यक पर्ने प्रविधिमा सरकारले लगानी गर्नुपर्ने उनको तर्क छ ।

अन दि जब ट्रेनिङ (ओजेटी) अघि बढाउन उनले सुझाव दिए । तीन महिनाको ओजेटीमा सरकारले तिर्ने र बाँकी उद्यमीले नै तिर्ने व्यवस्था मिलाउनु पर्ने बताए ।

उद्यमशील बन्नका लागि आफैंबाट सुरु गर्नुपर्ने र अग्रजबाट सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

युवालाई उद्यमशिल बनाउने काम शिक्षाको भए पनि नेपालका सर्टिफिकेट बोक्ने प्रचलन बढेको र सर्किफिकेट देखाएर जागिर नपाएको खण्डमा विदेशमा जाने प्रचलन बढेको उनको भनाइ छ ।

‘अहिले फेल भएर बसेका २ लाख विद्यार्थीलाई सिपमा जोड्न आवश्यक छ’ उनले भने ‘यसका लागि सिटीईभीटीसँग सहकार्य गर्न सकिन्छ ।’

Publish on: