सूर्यमा अन्तरिक्ष यान पठाउँदै भारत, कति लाग्छ खर्च ? « Eglish Khabarhub

सूर्यमा अन्तरिक्ष यान पठाउँदै भारत, कति लाग्छ खर्च ?


१५ भाद्र २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एजेन्सी । भदौ ६ गते चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक चन्द्रयान अवतरण गराएको भारतले त्यसको एकसातापछि सूर्यमाथिको अनुसन्धानका लागि अन्तरिक्ष यान पठाउने तयारी गरेको छ । उक्त यानले सूर्यको सबैभन्दा नजित पुगेर सौर्य आँधी जस्ता अन्तरिक्ष मौसमी गतिविधिहरूको अध्ययन गर्नेछ ।

सूर्यबारे अध्ययन गर्न यसअघि नासा र युरोपेली अन्तरिक्ष एजेन्सीले यसअघि यान पठाएका थिए तर भारतको यो पछिल्लो अन्तरिक्ष अभियानका केही अर्थमा विशिष्ट गुणहरू पनि रहेको बीबीसीले जनाएको छ ।

आदित्य-एल १ नाम दिइएको उक्त अन्तरिक्ष यान शनिबार अर्थात दुई सेप्टेम्बरमा स्थानीय समय अनुसार विहानको ११:५० मा प्रक्षेपण गर्ने कार्यक्रम छ । भारतको चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटास्थित देशको अन्तरिक्ष यान प्रक्षेपणस्थबाट उक्त यानलाई अन्तरिक्षमा पठाइनेछ । आदित्यको अर्थ संस्कृतमा सूर्य हो ।

अन्तरिक्षमा पठाइने यान खासमा पृथ्वीको सबैभन्दा नजिकको तारा, सूर्यमा पुग्ने भने होइन । सको गन्तव्य पृथ्वीबाट १५ लाख किलोमिटर टाढा रहेको स्थान हो त्यो भनेको पृथ्वी र चन्द्रमा बीचको दूरीभन्दा करिब चार गुणाले बढी दूरी हो र त्यो पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ १ प्रतिशत मात्रै हो । सूर्य पृथ्वीबाट १५.१ लाख किलोमिटर टाढा छ ।

नासाले अन्तरिक्षमा पठाएको पार्कर नामक यान एक हप्ताअघि मात्रै शुक्र ग्रहको नजिक भएर गएको छ र त्यो अन्ततः सूर्यको सतहबाट ६१ लाख किलोमिटर टाढाको विन्दूसम्म पुग्नेछ ।

आदित्य-एल१ लाई आफ्नो गन्तव्यमा पुग्न करिब चार महिना लाग्ने भारतको अन्तरिक्ष अनुसन्धान अर्गनाइजेसन (इसरो) ले जनाएको छ ।

उक्त यान ‘प्रक्षेपण गरिएदेखि लाग्राञ्ज विन्दू एल-१ भनिने अन्तरिक्षको स्थानसम्म पुग्नेछ ।

आदित्य-एल१ को नाममा उल्लेख भएको एल १ ले लाग्राञ्ज पोइन्ट भनिने अन्तरिक्षको निश्चित स्थानलाई जनाउँछ जहाँ अन्तरिक्षका सूर्य र पृथ्वी जस्ता दुई विशाल खगोलीय पिण्डहरूबीचको गुरुत्वाकर्षणको शक्ति बराबर अथवा सन्तुलित अवस्थामा रहेको हुन्छ । त्यस्तो सन्तुलित गुरुत्वाकर्ण भएको क्षेत्रलाई अन्तरिक्ष यानले इन्धन खपत घटाउनका लागि प्रयोग गर्न सक्छ ।

त्यस्तो क्षेत्रको नाम फ्रान्सका गणितज्ञ जोसेफ-लुई लाग्राञ्जको नामबाट राखिएको हो जसले १८ औँ शताब्दीमा पहिलो पटक त्यसबारे अध्ययन गरेका थिए ।

आदित्य-एल१ मिसनका उद्देश्य

भारतीय अन्तरिक्ष यानले जम्मा सात वटा भारीहरू ‘पे लोड’ बोक्नेछ त्यसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ । र त्यसका लागि इलेक्ट्रोम्याग्नेटिक र पार्टिकल फिल्ड डिडेक्टर जस्ता उपकरणको प्रयोग गरिनेछ । यसले अन्तरिक्षको मौसम के ले सञ्चालन गर्छ भन्ने बारे पनि अध्ययन गर्नेछ । सौर्य आँधीको प्रकृयाका बारे पनि थप धेरै बुझ्ने प्रयास गर्नेछ, जो पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा देखिने नोर्दर्न र सदर्न लाइट्स भनिने रङ्विरङ्गी उज्याला प्रकाशका दृश्यका साथै इलेक्ट्रोम्याग्नेटिक अवरोधका निम्ति समेत जिम्मेवार हुन्छन् ।

एक पटक यसको कक्षमा स्थापित भैसकेपछि यो अन्तरिक्ष वेधशालाले ‘सूर्यलाई निरन्तर स्पष्ट रूपमा अवलोकन गरिरहन सक्नेछ ।’ इसरोले भनेको छ, “यसबाट सौर्य गतिविधिलाई अवलोकन गर्न पहिलभन्दा ठूलो उपलब्धि हासिल हुने मात्रै नभई वास्तविक समयमा नै त्यस्ता गतिविधिको अन्तरिक्ष मौसममा पर्ने प्रभावलाई पनि अनुगमन गर्ने अवसर उपलब्ध गराउँछ ।”

यसले वायुमण्डलबाट छानिएर आउने हुनाले पृथ्वीबाट अध्ययन गर्न नसकिने रेडिएशन अर्थात् विकिरणको अध्ययन गर्न पनि सघाउने छ ।

यसको विशेष अन्तरिक्ष अवस्थितिका कारण यो यानमा रहने चारवटा ‘पे लोड’ हरूले सूर्यलाई सिधा अवलोकन गर्नेछन् । बाँकी तीन वटा पेलोड्सले चाहिँ लाग्राञ्ज विन्दू एल १ मा रहेका कणहरू र प्रभाव क्षेत्रहरूको अध्ययन यानमा नै रहेर अध्ययन गर्नेछन्। त्यसबाट विभिन्न ग्रहहरूबीचका अन्तरिक्षमा रहेका स्थानहरूमा सौर्य गतिविधिका प्रभावहरूबारे महत्त्वपूर्ण जानकारीहरू प्राप्त हुनेछन् ।

इसरोले यो मिसनले कोरोनल हिटिङ, कोरोनल मास इजेक्शन, सोलार फ्लेअर्स जस्ता सौर्य गतिविधि र तिनका गुणहरूका साथै अन्तरिक्षको मौसमका प्रकृयाहरूबारे महत्त्वपूर्ण जरूरी जानकारीहरू प्रदान गर्ने आशा व्यक्त गरेको छ।

आदित्य एल१ मिसनका लागि भारतीय सरकारले सन् २०१९ मा यो परियोजनालाई स्वीकृत गरेको थियो । यसको लागत करिब ४ करोड ६० लाख डलर लागेको जनाइएको छ ।

चन्द्रमामा अवतरण भएकोचन्द्रयान–३ को सम्पूर्ण खर्च ७०० करोड भारतीय रुपैयाँ रहेको जनाइएको थियो । सूर्यमाथिको अनुसन्धानका लागि भने (४ करोड ६० लाख डलर) ३ सय ८० करोड भारु लाग्नेछ ।

बीबीसीको सहयोगमा

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार ००:००  ३ : ०० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping