![](https://internal.appharu.com/wp-content/uploads/2022/09/kathmandu-metropolitan-and-balen-768x432.png)
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्ला रुपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीहरुलाई ३० दिनभित्र दर्ता हुन अल्टीमेटम दिएको छ ।
महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले सम्पूर्ण महानगरभित्र रहेका डेरीहरुलाई आफू रहेको वडा कार्यालयमा दर्ता हुनका लागि ३० दिने अल्टिमेटम दिएको हो ।
महानगरले भनेको छ, ‘खुल्ला रुपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीहरुलाई खाद्य ऐन, २०२३ र खाद्य नियमावली २०२७ ले तोके बमोजिम सञ्चय तथा विक्री वितरण गर्नुका साथै दर्ता र नविकरण नभएका डेरीहरुले ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउनु हुन सूचित गरिन्छ ।’
![](https://internal.appharu.com/wp-content/uploads/2023/09/image-10.png)
SHARE YOUR THOUGHTS