![](https://internal.appharu.com/wp-content/uploads/2023/09/Mnemonic-2-768x451.jpg)
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले असोज ३ र ४ गते सञ्चालन हुने ‘अल्टिमा अनलाइन मेला’ मा एकको डबल अफर सार्वजनिक गरेको छ ।
अल्टिमाले वेबसाइटको लन्चको अवसरलाई लक्षित गर्दै सञ्चालन गर्ने मेलामा बिहान ९ देखि ११ बजेसम्म र साँझ ६ देखि राति ८ बजेसम्म एउटा अल्टिमा एटम५२० वा अल्टिमा एटम३२० इयरबड्स खरिद गर्ने ५ सय सेवाग्राहीलाई अर्को एयरबड नि:शुल्क प्रदान गर्ने व्यवस्था गरेको छ ।
साथै अन्य अल्टिमाका ग्याजेट्समा आइएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुनेछ ।
अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइसम्म लैजान तथा ग्राहकलाई डिजिटल कारोबारमा थप प्रोत्साहन गर्न यो अफर ल्याइएको आइएमई पे का सीइओ प्रविन रेग्मीले जानकारी दिए ।
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो ।
SHARE YOUR THOUGHTS