दुई कम्पनी कालोसूचीमा « Eglish Khabarhub

दुई कम्पनी कालोसूचीमा



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई कम्पनीलाई कालोसूचीमा राखेको छ ।

विभिन्न सरकारी निकायबाट कालोसूचीमा राख्न भनि लेखि पठाईएकाले यी कम्पनीहरुलाई कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा राखिएका कम्पनीहरुमा दुल्लु नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले कालोसूचीमा राख्न भनि लेखि पठाएको मनिषा एस.एस. कन्स्टक्सन प्रा.लि रहेको छ । दैलेखको उक्त कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको हो।

त्यस्तै, संघीय सचिवालय निर्र्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरणले लेखि पठाएअनुसार एभोकाडो–ड्रागन जेभीलाई कालोसूचीमा राखिएको छ ।

१ वर्षका लागि कालोसूमिा राखिएको यो संयुक्त ठेक्कामा एभोकाडो क्याफे प्रा.लि र ड्रागन हस्पिटालिटी एण्ड केटरिंग सर्भिसेस प्रा.लि रहेका छन् ।

कालोसूचीमा राखिएका यी कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि कार्यालयले जनाएको छ ।

Publish on: