काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ३० जनालाई रोजगारीको अवसर खुलाएको छ ।
राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले सूचना जारी गर्दै ६ महिनाको करारमा विभिन्न पदमा ३० जनालाई रोजगारी खुलाएको हो ।
राष्ट्र बैंककाअनुसार ६ महिनाका लागि बैंकको नियमाअनुसार करारनामामा उल्लेख भएको पारिश्रमिक र अन्य सुविधा हुने गरि ३० जनालाई रोजगारी खुलाइएको हो ।
रोजगारी खुलाईएका पदहरुमा केन्द्रीय कार्यालयमा नियुक्ति हुने गरि रक्षक २ जना रहेका छन् । त्यस्तै, केन्द्रीय कार्यालयमा नै नियुक्ती हुने गरि सिपाही २ जना र ३ जना महिला सिपाही रहेका छन् । त्यस्तै, ७ जना महिला सिपाहीका लागि पनि रोजगारी खुलाइएको छ ।
त्यस्तै, केन्द्रीय कार्यालयमा नियुक्त हुने गरि पिपा पदका लागि पनि एक जनालाई रोजगारी खुलाइएको छ ।
राष्ट्र बैंकको टक्सार महाशाखामा नियुक्त हुने गरि मेकानिकल इन्जिनियर (अधिकृत) १ जना, मेकानिकल ओभरसियर ( सुपरभाइजर ) २ जना, जुनियस आस्सेयर (सुपरभाइजर) १ जना, इलेक्ट्रिकल एण्ड इलेक्ट्रिोनिक ओभरसियर (सुपरभाईजर) १ जना, मुर्तिकला एवं चित्रकला सुपरभाइजर १ जना, मेकानिक (सहायक) ६ जना, प्रयोगशाला सहायक (सहायक) १ जना, पेन्टोग्राफ मेसिन अपरेटर (सहायक) १ जना र फोर्कलिफ्ट हेभि इक्विपमेण्ट अपरेटर (चालक) १ जना का लागि रोजगारीको अवसर खुलाइएको छ ।
राष्ट्र बैंककाअनुसार दरखास्त दिने मितिसम्म ४५ वर्ष उमेर ननाघेकाले आवेदन दिन सक्नेछन् । लिखित परीक्षा, प्रयोगात्मक तथा अन्तर्वार्तामार्फत नियुक्ति दिइने बैंकले जनाएको छ । असोज १५ गतेसम्म अन्तिम दरखास्त दिन सकिने छ ।
SHARE YOUR THOUGHTS