यस्तो छ सानिमा बैंकको १३ वर्षको लाभांश इतिहास, कुन वर्ष कति ? « Eglish Khabarhub

यस्तो छ सानिमा बैंकको १३ वर्षको लाभांश इतिहास, कुन वर्ष कति ?



काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४.७० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस ९ प्रतिशत र करसहित ५.७० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

बैंकले सेयरधनीलाई १३ वर्षको अवधिमा औषतमा १४.०९ प्रतिशत लाभांश दिएको छ । बैंकले हालसम्म न्यूनतम ५.५ देखि २१.०५ प्रतिशतसम्म लाभांश दिएको छ ।

बैंकले सेयरधनीलाई लाभांश दिँदा नगदभन्दा बोनसमा बढी जोड दिएको छ ।

बैंकले आर्थिक वर्ष २०७८/०७९ मा १०.९८ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस १० र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिएको छ ।

बैंकले आर्थिक वर्ष २०७७/०७८ मा १७.८९ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस १७ प्रतिशत र कर प्रयोजनका लागि ०.८९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा १३.६ प्रतिशत लाभांश दिएको छ । १३.६ प्रतिशत लाभांश दिँदा बोनस १० प्रतिशत र कर सहित ३.६ प्रतिशत नगद लाभांश दिएको छ ।

आव २०७५/०७६ मा २१.०५ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस १० प्रतिशत र कर सहित ११.०५ प्रतिशत नगद लाभांश दिएको छ ।

बैंकले आर्थिक वर्ष २०७४/०७५ मा १४ प्रतिशत लाभांश दिएको छ । बैंकले उक्त आवमा बोनस दिएको छैन भने नगद लाभांश मात्रै दिएको छ । उक्त आवमा बैंकले कर सहित १४ प्रतिशत नै नगद लाभांश दिएको छ ।

बैंकले आव २०७३/७४ मा भने बोनस सेयर मात्रै दिएको छ । बैंकले उक्त आवमा सेयरधनीलाई नगद नदिएर बोनस सेयर मात्रै दिएको छ ।

सानिमा बैंकले आव २०७२/०७३ मा १५.७९ प्रतिशत लाभांश दिएको छ । उक्त आवमा भने बैंकले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिएको छ ।

बैंकले आव २०७१/०७२ मा २१.०५ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस २० प्रतिशत र कर सहित १.०५ प्रतिशत नगद लाभांश दिएको छ ।

सानिमाले आव २०७०/०७१ मा १५.७९ लाभांश दिएको छ । बैकले बोनस १५ र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिएको छ ।

बैंकले आव २०६९/०७० मा १०.५३ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिएको छ ।

आव २०६८/०७९ र आव २०६७ /०६८ मा नगद मात्रै लाभांश दिएको छ । बैंकले आव २०६८/०७९ मा ५.५ प्रतिशत नगद र आव २०६७ /०६८ मा ६.५ प्रतिशत नगद लाभांश दिएको छ ।

Publish on: