काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार दुई व्यापारीबाट २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
विभागले ठमेलस्थित खाद्यवस्तु प्रतिष्ठानबाट ५ हजार र कपुरधारा तथा सामाखुसीस्थित रेडिमेड तथा थान कपडा प्रतिष्ठानबाट १०/१० हजार नगद रुपैयाँ जरिवाना गरेको हो ।
विभागले सोमबार अधिकांश खाद्य वस्तु, मदिरा, फेन्सी, औषधी तथा जडिबुटी, रेडिमेड कपडा पसललगायतमा अनुगमन गरेको थियो ।
SHARE YOUR THOUGHTS