सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? « Eglish Khabarhub

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल् प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ ।

Publish on: