![](https://internal.appharu.com/wp-content/uploads/2022/12/TIA-tribhuwan-international-airport.jpg)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर करीब ५ घण्टा ‘डाउन’ भएको छ । विहान ७ बजेटर ४५ मिनेटदेखि दिउँसो १ बजेसम्म सर्भर डाउन हुँदा यात्रुको भिडाभाड बढेको छ ।
सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय वायुसेवाका उडान तालिका प्रभावित हुन पुगेको छ । यात्रुलाई म्यानुअल चेकइन गर्नुपर्ने, भिसा अनलाइन हुन नसक्दा म्यानुअल दिनुपर्ने भएको कारण उडान नै ढिलो भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
विमास्थलको सर्भर डाउन भएका कारण अध्यागमनको चेकिङलाई असर परेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता झंकनाथ ढकालले बताए ।
‘भिसा लिनुपर्ने यात्रुलाई भने थप झन्झट भएको छ । नेपाल आएका ति यात्रुले म्यानुअल भिसा लगाएर विमानस्थलबाट छुटेका छन् ’ उनले भने । ती यात्रुलाई सर्भर चलेपछि पुनः भिसा लिन आउनुपर्ने व्यवस्था गराएको पनि ढकालले बताए ।
१ बजेपछि भने सर्भर चलेकोले यात्रुलाई अनलाइनबाटै सेवा दिन थालिएकोले सहज हुन थालेको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
सर्भर डाउन हुँदा यात्रु चेकिङमा भएको ढिलाइको कारणले विमानस्थलमा भिडभाड बढेको छ भने भने केही वायुसेवाको उडान नै ढिलो भइरहेको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS