![](https://internal.appharu.com/wp-content/uploads/2023/05/cabinet-latest-768x411.jpg)
काठमाडौं । इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्युमा सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्युमा शोक घोषणा गरेको हो ।
राष्ट्रिय शोक घोषणा गरि सरकारी निकाय, विदेशस्थित कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
स्वदेश आउन चाहने सबै नेपालीलाई उद्धार गर्ने सरकारले निर्णय गरेको छ । त्यस्तै सरकारले मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।
यसअघि त्रुटी भएकोमा सच्याइएको छ- सं
SHARE YOUR THOUGHTS