![](https://internal.appharu.com/wp-content/uploads/2022/07/Gold-768x427.png)
काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS