पर्यटकीय क्षेत्रका होटल खचाखच, पर्यटन व्यवसायी उत्साहित « Eglish Khabarhub

पर्यटकीय क्षेत्रका होटल खचाखच, पर्यटन व्यवसायी उत्साहित


१९ कार्तिक २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

फाइल तस्बिर

काठमाडौं । पर्यटक आगमन बढेसँगै अहिले सबैजसो पर्यटकीय क्षेत्रका होटल खचाखच भएका छन् । काठमाडौं, पोखरा चितवनसहित पर्यटकीय क्षेत्रका होटल आन्तरिक तथा विदेशी पर्यटकले भरिभराउ भएका हुन् ।

गत अक्टोबरमा १ लाख १७ हजार ३०६ पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा एकै महिनामा आउने पर्यटक हालसम्मकै धेरै भएकाले पनि पर्यटन क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । कोभिडअघि सन् २०१९ अक्टोबरमा १ लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेकाले उक्त वर्ष पर्यटक आगमनमा उत्साह हुँदाहुँदै कोभिड महामारी सुरु भयो । त्यसयताका तीन वर्ष पर्यटन क्षेत्र सुस्तायो । पर्यटक आगमन न्यून भएर सुस्ताएका होटल रेस्टुरेन्टसहित अहिले तंग्रिन थालेका छन् ।

अक्टोबरबाट पर्यटक आगमन कोभिडअघिको अवस्थामा फर्किएको तथ्यांकले देखाएको छ । अक्टोबरमा पर्यटक आगमन अहिलेसम्मकै बढी भएकाले प्रमुख पर्यटकीय क्षेत्रका होटल तथा रेस्टुरेन्ट खचाखच भएका हुन् ।

अहिले पर्यटकीय क्षेत्रका होटलको अकुपेन्सी (भराइदर) ९० प्रतिशतभन्दा बढी छ भने अरु क्षेत्रमा पनि ८० प्रतिशतको अकुपेन्सी देखिएको होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले बताए । ‘भर्खरै सकिएको गैरआवासीय नेपालीको सम्मेलन र पर्यटकीय सिजनका कारण राजधानीका होटल भरिभराउ भएका छन् । काठमाडौंबाहिरका पर्यटकीय क्षेत्रका होटलमा पनि अकुपेन्सी राम्रो छ,’ उनले क्लिकमान्डुसँग भने ।

अहिले काठमाडौंका एक पाँचतारे होटलमध्ये एउटा आंशिक र दुईवटा पूर्ण बन्द छन् भने पोखराको एउटा पाँचतारे होटल बन्द छ । होटल सांग्रिला र अन्नपूर्ण पूर्णरूपले बन्द गरेर रिनोभेसनमा छ भने याक एण्ड यतिले आंशिक खुला गरेर रिनोभेसन गरिरहेको छ । पोखराको फूलबारी रिसोर्ट भने पूर्णरूपमा बन्द छ ।

पर्यटकीय सिजनमै चारवटा पाँचतारे होटल सञ्चालन नहुँदा तिनले धान्ने दैनिक करिब १ हजार ५० कोठा अन्यत्र बाँडिएका छन् । होटल याक एण्ड यतिमा २९०, अन्नपूर्णमा २३०, सांग्रिलामा १०० र फूलबारी होटलमा १६५ वटा कोठा छन् ।

सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेकाले पर्यटकीय सेवालाई दृष्टिगत गरेर बनेका पूर्वाधार धमाधम सम्पन्न हुने चरणमा छन् । अहिलेसम्म भएकै संरचनाले पर्यटकीय सेवा दिइरहेकाले तुलनात्मक रूपमा कम पर्यटक आउँदा पनि होटल क्षेत्रमा राम्रो अकुपेन्सी देखिएको हो ।

हानका अध्यक्ष विनायक शाहका अनुसार आगामी वर्षबाट ठूला पूर्वाधारका नयाँ-नयाँ होटल थप हुने क्रमसँगै पर्यटक धान्ने क्षमता पनि बढ्छ । ‘अहिले नै ३० लाख पर्यटक धान्न सक्ने क्षमताका पूर्वाधार तयार भइसकेका छन् । अब केही समयभित्रै आउने ठूला होटलका कारण नेपालको पर्यटक धान्ने क्षमता वार्षिक ३५ लाख नाघ्नेछ ।’ पर्यटकीय पूर्वाधार धेरै भएकाले अब हामीलाई बाह्रै महिना धेरैभन्दा धेरै पर्यटक आवश्यक पर्ने उनले बताए ।

अध्यक्ष शाह संख्यामा राम्रो देखिए पनि क्षमताअनुसार भने अझै पर्यटक नआएको बताउँछन् । नेपालमा पूर्वाधार प्रशस्त बनेका छन् तर त्यसअनुरुप पर्यटक आगमन हुन नसकेको उनको तर्क छ ।

‘हरेक महिना ठूल्ठूला पाँचतारे होटल, रिसोर्ट, केबलकारसहितका पर्यटकीय संरचना बनिरहेका छन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले पूर्वाधारमा प्रशस्त लगानी भएको छ,’ उनले भने, ‘निजी क्षेत्रले सन् २०२० लाई दृष्टिगत गरी बनाएका पूर्वाधार आंशिक पूरा हुँदा अहिले नै ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने अवस्था बनाइसकेका छौं । हाम्रो क्षमताको हिसाबले पर्यटक आगमन अहिलेसम्म साढे ८ लाख मात्र हुनु निकै कम हो ।’

नेपालमा कोभिडअघि नै वार्षिक १२ लाख पर्यटक आउन थालिसकेका थिए । यो वर्ष भने १० लाख पुग्ने अनुमान पर्यटन क्षेत्रले गरेको छ । पर्यटन पूर्वाधार र पर्यटकीय सेवामा थपिएको नयाँ-नयाँ प्रोडक्टले अब १०-१५ लाखको पर्यटक सामान्य हुने बुझाइ हानका महासचिव शाक्यको छ ।

उनका अनुसार पर्यटकीय सिजनमा यो वर्ष देखिएको अकुपेन्सीले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ । अब सरकारले राष्ट्रिय ध्वजावाहकको विस्तार, नयाँ गन्तव्यको प्रचार र विदेशी पर्यटकका लागि सहजै आवागमनको सुविधा दिएर थप संख्या बढाउन लाग्नुपर्ने तर्क शाक्यको छ ।

हानका कोषाध्यक्ष तथा प्लाजा ग्रुप अफ होटल्सका अध्यक्ष युवराज श्रेष्ठ पनि सेप्टेम्बरदेखि डिसेम्बर १५ सम्म प्रमुख पर्यटकीय सिजन भएकाले यो बेला वर्षभरको भन्दा बढी पर्यटकको चलहपहल भएको बताउँछन् ।

सिजन भए पनि भारतीय पर्यटको वृद्धिदर उत्साहजनक नभएकाले पर्यटकीय क्षेत्रबाहेकका होटल व्यवसाय भने अझै उत्साहजनक हुन नसकेको श्रेष्ठको बुझाइ छ । नेपालमा अव वार्षिक ३०-३५ लाख पर्यटक सहजै धान्न सकिने गरी पूर्वाधार बनेकाले सरकारले वार्षिक २५ लाखको लक्ष्य राख्ने र त्यसलाई पूरा गर्ने गरी कार्ययोजना बनाउनुपर्ने सुझाव उनले दिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार ००:००  ११ : २७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping