![](https://internal.appharu.com/wp-content/uploads/2023/11/ramchandra-paudel-1-768x512.jpg)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार गाई पूजा गरेका छन् । तिहारको तेस्रो दिन पौडेलले लक्ष्मीको प्रतीकस्वरुप गाईको पूजा गरेका हुन् ।
कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका छन् ।
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ ।
SHARE YOUR THOUGHTS