आर्थिक संकुचनले उपभोग्य वस्तुको व्यापारमा असर, कुन कम्पनीको व्यापार कति घट्यो ? « Eglish Khabarhub

आर्थिक संकुचनले उपभोग्य वस्तुको व्यापारमा असर, कुन कम्पनीको व्यापार कति घट्यो ?


१७ मंसिर २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । आर्थिक संकुचनले दैनिक उपभोग्य वस्तुको मागमा व्यापक कमी आएको छ । कोभिड-१९ तथा रुस-युक्रेनबीचको द्वन्द्वले उच्च प्रभाव अर्थतन्त्रमा पर्दा सर्वसाधारणबाट दैनिक उपभोग्य वस्तुको खपतमा नै कमी आएको हो ।

फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) वस्तुमा आर्थिक संकुचनको गहिरो प्रभाव देखिएको छ । एफएमसीजी बेच्ने नेपाली कम्पनीहरुको व्यापारमा देखिएको कमीले पनि बजारको माग घटेको स्पष्ट देखिन्छ ।

एफएमसीजी बेच्ने कम्पनीहरुले रेटिङमार्फत सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा व्यापारमा कमी आएको पाइएको छ । कोभिडको समयमा पनि व्यापारमा कुनै असर नदेखिएको कम्पनीहरुको व्यापार अर्थतन्त्रमा देखिएको समस्याले मागमा कमी आई व्यापार घटेको उल्लेख छ ।

वार्षिक २ अर्बभन्दा बढी रुपैयाँको कारोबार गर्दै आएको कम्पनीहरुले सन् २०२३ मा अर्थतन्त्रमा आएको सुस्तताले बजारमा माग कम हुन आउँदा व्यापार घटेको जनाएको छ । बितेका दुई वर्षमा १५ लाखभन्दा बढी युवाशक्ति बिदेसिँदा पनि समष्टिगत मागमा कमी आएको अर्थविद्‍हरुले बताउँदै आएका छन् ।

नेपाली बजारमा ठूलो हिस्सा ओगटेका कम्पनीहरुको व्यापार घट्दा नाफामा धक्का पुगेको उल्लेख छ । एकातिर वस्तुको मूल्य उच्च भएको र खपत कम हुँदा कम्पनीले कम नाफा कमाएको कम्पनीहरुको भनाइ छ ।

कुन कम्पनीको व्यापार कति घट्यो ?

लाइफ केयर डिष्ट्रिब्युटर प्रालि

सन् २०२२ मा ४७ प्रतिशतले घटेको लाइफ केयर डिष्ट्रिब्युटर प्रालिको व्यापार सन् २०२३ मा पनि घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ४७ प्रतिशतले घटेको थियो ।

व्यापारमा आर्थिक गतिविधि सुस्तताका कारण झनै घटेको देखिन्छ । सन् २०२२ मा आर्थिक मन्दीले बजारमा माग कम हुँदा व्यापारमा प्रभाव परेको कम्पनीको भनाइ थियो । साथै, बजारमा मुद्रास्फिति र आयातको भन्सार दर बढ्दा एफएमसीजीको मूल्य बढेको कम्पनीले जनाएको थियो ।

त्यस्तै, सन् २०२३ मा अर्थतन्त्रमा देखिएको सुस्तताका कारण व्यापार झनै घटेको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा ८२ करोड २० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको छ । कम्पनीको व्यापार घट्दो क्रममा रहेको जनाएको छ ।

कम्पनीले सन् २०२१ मा ४ अर्ब ३० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२२ मा २ अर्ब १२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । साथै, सन् २०२० मा २ अर्ब २६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०११ मा दर्ता भएको कम्पनीले विभिन्न वस्तु आयात गरी एफएमसीजी प्रोडक्टको व्यापार गर्दै आएको छ । कम्पनीले विश्वका ६ वटा कम्पनीले उत्पादन गरेको एक सयभन्दा बढी प्रकारका वस्तु बिक्री गर्दै आएको छ ।

सन् २०२१ मा स्यानिटाइजर, ह्यान्डवास, साबुन आदि उच्च माग थियो । जसले गर्दा व्यापारमा उछाल आएको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२२ मा ४.३१ प्रतिशत र सन् २०२१ मा ६.४८ प्रतिशतले नाफा कमाएको थियो ।

कम्पनीले विभिन्न देशबाट एफएमसीजी वस्तु आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । जमुना अग्रवाल र सौरभ गर्गको स्वामित्व रहेको कम्पनीको देशभर एक सयभन्दा बढी स्टकिस्ट/सब-डिलर छ ।

द दयाल ट्रडिङ प्रालि

एफसीजी वस्तुको बिक्री गर्दै आएको द दयाल ट्रडिङ प्रालिको व्यापार २६ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा २६ प्रतिशतले घटेको हो ।

सन् २०२२ मा १ अर्ब ९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२३ मा ८१ करोड ७० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ९६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

राजीव शाहको स्वामित्व रहेको कम्पनीले सन् २०२३ मा ७० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले पारासुट तेल, निहार तेल, सफोला गोल्ड तेल, लिभोन सिरम, सेटवेट जेल ब्राण्डका सामग्री बिक्री गर्दै आएको छ ।

कम्पनीले सन् २०२३ मा गरेको व्यापारमध्ये पारासुट तेल, निहार तेल, लिभोन सिरम र सफोला तेलबाट उच्च व्यापार गरेको छ । कम्पनीले विभिन्न देशबाट वस्तु आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । कम्पनीले भारत र बंगलादेशबाट वस्तु आयात गरी बिक्री गर्दै आएको जनाएको छ ।

एसियन डिष्ट्रिब्युटर प्रालि

विभिन्न मुलुकबाट एफएमसीजी वस्तु आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएको एशियन डिष्ट्रिब्युटर प्रालिको व्यापार सन् २०२३ मा घटेको छ । कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा १ अर्ब १ करोड ३१ लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ४९ करोड २ लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२१ मा १ अर्ब २१ करोड ६९ लाख, सन् २०२० मा १ अर्ब २ करोड ६७ लाख र सन् २०१९ मा १ अर्ब २१ करोड ३ लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०११ मा स्थापना भएको कम्पनीले निभिया, स्ट्रिक्स, म्याकभिटिज (बिस्कुट र चकलेट), भस्मोल, ग्लुकोन-डी, कम्प्लान र सुगर फ्री गोल्ड र अन्य वस्तुको बिक्री गर्दै आएको छ । २५० डिलर रहेको कम्पनीले विश्वका विभिन्न मुलुकबाट आयात गरेर नेपाली बजारमा बिक्री गर्दै आएको छ । 

विशाल ग्रुपद्वारा सञ्चालित कम्पनीमा आशिशकुमार अग्रवालको २६ प्रतिशत, कविता अग्रवालको २१ प्रतिशत, विशाल अग्रवाल, सविता अग्रवाल र शिल्पा अग्रवालको ११/११ प्रतिशतसहित अन्य व्यक्तिको हिस्सा छ ।

कम्पनीले सन् २०२३ को अन्त्यसम्ममा मुख्य १० वटा ग्राहकको हिस्सा २५ प्रतिशत, ३० प्रतिशत र ४५ प्रतिशत रहेको जनाएको छ ।

दुगड स्याइसेस एण्ड फुड प्रोडक्ट प्रालि

नेपाली बजारमा सेन्चुरी ब्रान्डको विभिन्न प्रकारका मसला बिक्री गर्ने दुगड स्याइसेस एण्ड फुड प्रोडक्ट प्रालिको व्यापार पनि सन् २०२२ को तुलनामा केही मात्राले बढ्ने देखिएको छ ।

कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा १ अर्ब १८ करोड ३० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । उक्त व्यापार हेर्दा आर्थिक गतिविधिमा देखिएको सुस्तताको बाबजुद व्यापार घटेको देखिँदैन ।

कम्पनीले सन् २०२२ मा २ अर्ब ३० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२१ मा १ अर्ब ८८ करोड ८० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब २९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२२ मा ३.२५ प्रतिशत नाफा कमाएको छ । सन् १९९९ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका परम्परागत मसला, स्न्याक्स, नमकिन, अचार, फलफूलको जाम, जेलिस, चकलेट, ड्राई फ्रुट एण्ड नट्स, ब्रेकफास्ट सिरियल, सीटीसी चिया उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

कम्पनीले वार्षिक १५ हजार ३० मेट्रिक टन वस्तु उत्पादन गर्दै आएको छ । साथै, कम्पनीको उक्त वस्तु नेपालमा मात्रै विदेशमा पनि बिक्री गर्दै आएको छ । मोतिलाल दुगड अध्यक्ष रहेको कम्पनीले सन् २०२२ मा ६ करोड रुपैयाँ लाभांश वितरण गरेको थियो । कम्पनीका अनुसार सन् २०२१ मा १ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा ५ करोड रुपैयाँ लाभांश वितरण गरेको थियो ।

कम्पनीले स्न्याक्स, नमकिन, स्पाइसेस र अचार उत्पादनका विभिन्न प्रकारका कच्चा पदार्थ गहुँको पिठो, पाम तेल, पामोलिन, स्पाइसेस, प्याकेजिङजस्ता वस्तु स्वदेशीसँगै भारत, मलेसिया र इन्डोनेसियाबाट आयात गरी खपत गरिरहेको छ ।

कम्पनीले सन् २०२२ मा आम्दानी गरेकामध्ये ७८ प्रतिशत हिस्सा कच्चा पदार्थको रहेको उल्लेख छ । त्यसैगरी, कम्पनीले पनि उत्पादित वस्तु विदेशमा निर्यात गर्दै आएको छ ।

सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योग प्रालि

विभिन्न ब्रान्डको चामल बेच्ने सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योगको व्यापार भने बढेको छ । कम्पनीले सन् २०२२ मा पनि उच्च व्यापार गरेको थियो । त्यस्तै, सन् २०२३ मा पनि सन् २०२२ को तुलनामा बढी व्यापार गरेको छ ।

कम्पनीले सन् २०२२ मा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।  त्यस्तै, कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा १ अर्ब ६६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । जसमा सन् २०२३ को अन्त्यसम्ममा कम्पनीले सन् २०२२ को तुलनामा बढी व्यापार गर्ने देखिन्छ ।

कम्पनीले उक्त अवधिमा व्यापारमा रिबाउन्स हुँदै १५ हजार ७३६ मेट्रिक टन चामल उत्पादन गरेको छ । कम्पनीका अनुसार सन् २०२२ मा ९ प्रतिशतले व्यापार बढेको थियो । सन् २०२१ मा २१ हजार ३३७ मेट्रिक टन चामल बेचेको कम्पनीले सन् २०२२ मा १८ हजार ६६२ मेट्रिक टन चामल बेचेको छ । सन् २०२२ मा ७ प्रतिशत नाफा कमाएको कम्पनीले जनाएको छ । सन् २०२१ मा १०.४७ प्रतिशतले नाफा कमाएको थियो ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ६१ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब २५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २००१ देखि विभिन्न प्याकेजिङमा चामल बिक्री गर्दै आएको छ ।

कम्पनीले थकाली, मुबारक, सञ्चो, कुहिनुर, सुवास साही र झमझम ब्रान्डमा चामल, जीरा चामल, बासमती चामल र खुदी चामल बिक्री गर्दै आएको छ । कम्पनीको अध्यक्ष राजेन्द्रप्रसाद अग्रवाल हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार ००:००  ७ : ४० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping