काठमाडौं । आन्तरिक राजस्व विभागले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा शनिबार दिउँसो ५ बजेसम्म १२ अर्ब ८० करोड रुपैयाँ कर संकलन गरेको छ ।
विभाग अन्तर्गतको ठुला करदाता कार्यालयले ४१ करदाताबाट १२ अर्ब ५० करोड रुपैयाँ र मध्यम स्तरीय करदाता कार्यालयले १६ करदाताबाट करिब ३० करोड रुपैयाँ कर संकलन गरेको विभागमा महानिर्देशक दीर्घ मैनालीले जानकारी दिए ।
महालेखा परिक्षकको कार्यालयले २०७७ सालमा सार्वजनिक गरेको ५७ औं वार्षिक प्रतिवेदनदेखि लगातार एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर छली भएको भन्दै असूल गर्न सरकारलाई निर्देशन दिँदै आएको थियो ।
कानून अनुसार समयमा कर नतिरेकाले अर्बौं रकम शुल्क र जरिवामा तिर्नु पर्ने भएपछि बैंक तथा वित्तीय संस्थाहरु दबाबमा थिए ।
महालेखाले लगातार ४ वटा प्रतिवेदनमा कर उठाउनु पर्ने विषय उठाएपछि अर्थमन्त्री प्रकास शरण महतले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा मंसिर मसान्तसम्म कर तिरे जरिवाना शुल्क र ब्याज मिनाहा हुने व्यवस्था गरेका थिए ।
तर उक्त शुल्क र जरिवानामा छुट दिने निणर्य गर्दा संविधान विपरित सरकारले कर लगाउने खोजेको भन्दै अर्थमन्त्रीले गरेको निणर्य विरुद्ध तष विभिन्न कम्पनीहरु सर्वोच्च अदालत पुगेका थिए। सरकारले भूतप्रभावी भएर राफसाफ भइसकेको विषयमा समेत कर लगाएको भन्दै बैंकरहरुले दाबी गर्दै आएका थिए ।
तर, बिहीबार सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसहित १६ वाणिज्य बैंक तथा बीमा कम्पनीले भूतप्रभावी कानुन बनाइ कर लगाउन खोजेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा रिट खारेज गरेको छ ।
बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो । उक्त रिट सर्वोच्चले खारेज गरेसँगै आर्थिक ऐन मार्फत छुट दिने अर्थमन्त्री महतको निणर्य कानुन बमोजिम भएको ठहर भएको छ । सर्बोच्चले रिट खारेज गरेपछि शुक्रबार र शनिबार संस्थाहरुले कर तिरेका छन् ।
ठूला करदाता कार्यालयको विवरण
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक- १ अर्ब ८९ करोड १९ लाख ४७ हजार ७ सय ९ रुपैयाँ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक- ३ करोड ३ लाख ७४ हजार २ सय २७
एनएमबि बैंक- १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २ सय २१ रुपैयाँ
ग्लोबल आइएमई बैंक- १ अर्ब ३२ करोड ३९ लाख ६१ हजार ३८१ रुपैयाँ
नेपाल एसबिआई बैंक- १ अर्ब ७७ करोड ७ लाख ७ हजार ४४ रुपैयाँ
नविल बैंक- १ अर्ब ६१ करोड ७२ लाख २२ हजार ६७५ रुपैयाँ
माछापुच्छ्रे बैंक- १० करोड २७ लाख ६७ हजार ११ रुपैयाँ
कुमारी बैंक- ५८ करोड १० लाख रुपैयाँ
प्रभु बैंक- ५ करोड
स्ट्यान्डर्ड चार्टर्ड बैंक- ९१ करोड ३२ लाख ९५ हजार ९८० रुपैयाँ
सिटिजन्य बैंक- ८ करोड २० लाख ५ हजार ९८८ रुपैयाँ
कामना सेवा विकास बैंक- २ करोड ६२ लाख रुपैयाँ
सानिमा बैंक- ६ करोड ५३ लाख ८९ हजार७५७ रुपैयाँ
सांग्रिला विकास बैंक- १ करोड ६३ लाख ६३ हजार ४७२ रुपैयाँ
लक्ष्मी सनराइज बैंक- २७ करोड ४० लाख ९ हजार ६७० रुपैयाँ
हिमालयन बैंक ३० करोड ८९ लाख ८० हजार ७९१ रुपैयाँ
हिमालयन बैंक (साविकको सिभिल बैंक-) १ करोड ९१ लाख ७ हजार २९८ रुपैयाँ
प्राइम बैंक- २८ करोड ९६ लाख ९६६ रुपैयाँ
एनआइसी एसिया बैंक- ४४ करोड ४५ लाख ४३ शजार ६७३ रुपैयाँ
एनआइसी एसिया लघुवित्त- १ करोड २३ लाख ७ हजार ८५८ रुपैयाँ
सिद्धार्थ बैंक- २१ करोड ८३ लाख ७९ हजार ९३४ रुपैयाँ
साना विकास लघुवित्त विकास बैंक- ५ करोड १५ लाख ३५ हजार ३०० रुपैयाँ
मुक्तिनाथ विकास बैंक- ४ करोड ८० लाख रुपैयाँ
लुम्बीनी विकास बैंक- ११ करोड २० लाख रुपैयाँ
ज्योति विकास बैंक २१ लाख रुपैयाँ
गरिमा विकास बैक ३ करोड ६ लाख ९७ हजार ९०८ रुपैयाँ
नेपाल बैंक ९७ करोड ७२ लाख ४८ हजार १५९ रुपैयाँ
नेपाल लाइफ इन्स्योरेन्स १ अर्ब २ करोड ६७ लाख १ हजार ३० रुैयाँ
नेशनल लाइफ इन्स्योरेन्स ५ करोड ६२ लाख ५० हजार रुपैयाँ
लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)- १५ करोड रुपैयाँ
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स- १ करोड ३ लाख ६९ हजार ६९७ रुपैयाँ
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (साविकको प्रिमियर इन्स्योरेन्स)- १३ करोड ८१ लाख ६८ हजार रुपैयाँ
नेपाल लाइफ इन्स्योरेन्स- ५ करोड रुपैयाँ
नेको इन्स्योरेन्स- ४ करोड ४८ लाख १३ हजार ६४६ रुपैयाँ
एनएलजी इस्न्योरेन्स- ९० लाख रुपैयाँ
शिखर इन्स्योरेन्स- ८ करोड ४३ लाख १३ हजार २० रुपैयाँ
हिमालयन एभरेष्ट इन्स्योरेन्स- ११ हजार ९०८ रुपैयाँ
प्रुडेन्सियल इन्स्योरेन्स- ८७ लाख ५२ हजार ९८८ रुपैयाँ
प्रडन्सियल इन्स्योरेन्स (आइएमइ जनरल इन्स्योरेन्स)- ४ करोड ४० लाख २३ हजार २६४ रुपैयाँ
सगरमाथा लुम्बीनी इन्स्योरेन्स- २ करोड ८० लाख ७ हजार ३२०
नेपाल इन्स्योरेन्स- २ करोड ६८ लाख रुपैयाँ
मध्यमस्तरीय करदाता कार्यालयको विववरयण
नेशनल लघुवित्तीय संस्था- १४ लाख ५५ हजार ३६० रुपैयाँ
सेन्ट्रल फाइनान्स- ४७ लाख ३८ हजार ७४६ रुपैयाँ
फर्स्ट माइक्रोफाइनान्स- ७४ लाख ६२ हजार ९२० रुपैयाँ
एभरेष्ट इन्स्योरेन्स- २ करोड ८८ लाख १० हजार ११ रुपैयाँ
पोखरा फाइनान्स- ३ करोड ५४ लाख १२ हजार ५५२ रुपैयाँ
ग्लोबल आइएमइ लघुवित्त- १ करोड ४६ लाख ४६ हजार ७९३ रुपैयाँ
लुक्ष्मी लघुवित्त- ४४ लाख १६ हजार ९६ रुपैयाँ
सेन्ट्रल फाइनान्स- ४७ लाख ३८ हजार ७४६ रुपैयाँ
स्वोरोजगार लघुवित्त- ६४ लाख ३ हजार ८९१ रुपैयाँ
युनाइटेड हजोड इन्स्योरेन्स- १ करोड ५४ लाख २२ हजार ४०० रुपैयाँ
सानिमा माइ हाइड्रोपावर- १ करोड ५२ लाख ८१ हजार २५६ रुपैयाँ
नाडेप लघुवित्त- ९४ लाख ३ हजार २९३ रुपैयाँ
हिमालयन लाइफ इन्स्योरेन्स- ३ करोड ६९ लाख ४ हजार २०४ रुपैयाँ
सूर्यज्योति लाइफ इन्स्यरेन्स- १ करोड ४६ लाख ९३ हजार ७३२ रुपैयाँ
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी- १ करोड ६५ लाख ३३ हजार २७९ रुपैयाँ
मिर्मिरे लघुवित्त- १ करोड ३७ लाख रुपैयाँ
SHARE YOUR THOUGHTS