
काठमाडौं । सडक विभागले आगामी एक महिनाभित्रमा नागढुंगा सुरुङ्गमार्गमा ‘ब्रेक थ्रु’ गर्ने गरी योजना अघि बढाएको छ ।
उक्त सुरुङ्गमार्गको २.६८८ किलोमिटरमध्ये अब ३२ मिटरमात्रै खन्न बाँकी रहेकाले आगामी एक महिनाभित्र ‘ब्रेक थ्रु’ गर्ने गरी योजनालाई अघि बढाइएको हो ।
नागढुंगा सुरुङ्गमार्ग आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले आगामी फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने गरी काम धमाधम भइरहेको जानकारी दिए ।
श्रेष्ठका अनुसार हालसम्म २६.३६ मिटर सुरुङ्ग खन्ने काम सकिएको छ । अब ३२ मिटरमात्रै खन्न बाँकी छ । सुरुङ्ग मार्गको धादिङ्ग र काठमाडौंतर्फ जग्गासम्बन्धी मुआब्जाको समस्यालाई समाधान गर्ने प्रक्रिया अघिबढेको बताउँदै उनले हालसम्म निर्माण सुरु भएको ५१ महिनामा समग्र आयोजनाको भौतिक प्रगति ६९.१५ प्रतिशत प्राप्त भएको छ ।
ब्रेक थ्रु भएपनि सबारी साधन गुडाउने भने अझै एक बर्ष लाग्ने आयोजनाले जनाएको छ ।
SHARE YOUR THOUGHTS