
एजेन्सी । बेलायती राजा चार्ल्सलाई क्यान्सर भएको पुष्टि भएको छ ।
रोयटर्सकाअनुसार बेलायती राजालाई क्यान्सर भएको पुष्टि भएको हो । बकिंगहम प्यालेसले सोमबार जारी गरेको विज्ञप्तिकाअनुसार चार्ल्स उपचारका लागि सामाजिक भेटघाटलगायतका कामबाट केही समय बिदा बस्नेछन् ।
७५ वर्षीय चार्ल्स सन् २०२२ को सेप्टेम्बरमा बेलायती रानी एलिजाबेथको निधनपछि राजा भएका थिए । विज्ञप्तिकाअनुसार उनलाई विभिन्न किसिमका उपचारहरु गर्न सुरु गरिएको छ । ठीक भएर काममा चाडोभन्दा चाडो फर्किनका लागि काम भइरहेको पनि बकिंगहमले जनाएको छ ।
चार्ल्स गत महिना तीन रात अस्पतालमा बसेका थिए । त्यसपछि नै उनलाई क्यान्सर भएको पुष्टि भएको खबर बाहिरिएको हो । तर, बकिंगहमले कुन किसिमको क्यान्सर भएको हो भन्ने बारेमा भने खुलाएको छैन ।
SHARE YOUR THOUGHTS