![](https://internal.appharu.com/wp-content/uploads/2024/02/nepal-canada.jpg)
काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीचको खेलमा नेपालले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पूरा ओभर खेल्दै नेपालले २१६ रन बनाएको हो। खेलमा बसिर अहमदले अर्धशतक हानेका छन्।
दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो। नेपाल ए को कप्तानी विनोद भण्डारीले गरेका छन् । प्रधानमन्त्री कप, यू–१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु नेपाल ए मा छन्।
यो टिममा क्यानडासँग अन्तिम खेलमा डेब्यू गरेका हेमन्त धामी, पहिलो खेलमा डेब्यू पाएका रिजन ढकाल र नेपाली टोलीबाट बाहिरिएका प्रतिश जिसी तीव्र गतिका बलर छन् ।
नेपाल ए को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहनेछन्। नेपालले क्यानडा ११ सँग तीन एकदिवसीय खेल्नेछ। दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ ।
SHARE YOUR THOUGHTS