![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Child-marriage..jpeg)
जनकपुरधाम । बिहेमा सुनको सिक्री नदिएको भन्दै बिबाद गरेकोभन्दै बेहुलासहित ८ जना पक्राउ परेका छन्।
घटना सोमबार रातिको हो ।
बाराको कलैया उपमहानगर ४ का उमेश शाह बेहुला बनेर विवाह मण्डप पुगेका थिए । वीरगञ्ज महानगरपालिका २४ रानीघाटका सुखल शाहकी २४ वर्षीया छोरी रमिता कुमारीसँग उनको विहे हुँदै थियो ।
तर सुनको सक्रि नदिएको भन्दै उनी विवाह छाडेर जान खोजे ।
वरमाला विधि गरिसकेपछि सुनको सिक्री नदिएको भन्दै लफडागरी जन्ती फर्काउन खोजेका बेहुलासहित आठ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले सोमबार राति पक्राउ गरेको हो । त्यसक्रममा दुई पक्षबीच झडपसमेत भएको थियो ।
बेहुला शाह वीरगञ्ज महानगरपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् । बेहुलीका बुबा सुखल सामान्य परिवारका हुन् । बेहुलाले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार र एक थान ल्यापटप लिइसकेका थिए । तर विवाह मण्डपमा पुगेपछि बेहुलाले सुनको सिक्री मागे ।
बेहुली पक्षले तत्काल सुनको सिक्री दिन नसक्ने भनेपछि बेहुला शाहले होहल्ला गरे । अब विवाह हुँदैन भनेर उनले जन्तीलाई फर्काउन लागे । जन्तीफर्काउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरे । त्यसपछि प्रहरीले बेहुलासहित होहल्ला गर्ने ८ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका बेहुला शाहसहितलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
SHARE YOUR THOUGHTS