![](https://internal.appharu.com/wp-content/uploads/2024/03/rai-768x403.png)
काठमाडौं । नेपाल प्रहरीले २१ वर्षअेघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । २१ वर्षअघि सञ्जय शाहीको हत्या गरी फरार रहेका तिखे भन्ने तेजबहादुर राई पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले बताए ।
४१ वर्षका राई सोलुखुम्बु नेचा सल्यान गाउँपालिका ४ का हुन् । उनले मापसे गरी झगडा पर्दा साथीको हत्या गरेको बताइएको छ । शहीको २१ वर्षअघि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १९ मरुढोका इनाटोलमा रहेको एक पशु वधशालामा हत्या भएको थियो ।
SHARE YOUR THOUGHTS