![](https://internal.appharu.com/wp-content/uploads/2024/03/sajha-karyakram1-768x403.png)
काठमाडौं । सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि बनाएको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ ।
५ दलीय सत्ता गठबन्धनले मंगलबार ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ नाम दिएको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका हुन् । गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी रहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा मस्यौदा समितिका संयोजक नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धनबाट पारित भएको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेका हुन् ।
गठबन्धननले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल,नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा,राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससहितका दलहरुसँगको गठबन्धन छाडेर नयाँ गठबन्धनका दलहरु सहभागी गराएर सरकार पुनर्गठन गरेका थिए ।
SHARE YOUR THOUGHTS