![](https://internal.appharu.com/wp-content/uploads/2024/04/kath-old-man-women.png)
काठमाडौं । किसान देशका मेरुदण्ड हुन् । तर आज कसैले पनि किसान भनेर गर्व गर्नसक्ने अवस्था छैन । कृषिमा आवद्ध भएर सहज जीवन जिउन मुस्किल छ ।
विदेश जानको लागि लागत जुटाउन जति सजिलो छ कृषिको लागि त्यति नै कठिन छ । कारण कृषिप्रतिको अविश्वास तथा व्यवसायी कृषि प्रणालीको अभाव हो । अर्को कुरा सरकारको उदासिनता पनि । किसान लाखौं लगानी गर्छन्, वस्तु उत्पादन गर्छन् । तर वस्तुको बजार सीमित छ ।
निर्यातको राम्रो व्यवस्था छैन । वस्तु कुहिन्छ, लगानी डुब्छ । सरकारलाई कुनै मतलव छैन । गर्मी शुरु भएको छ । गर्मीबाट बच्ने उपाय खोजिरहँदा काँठ क्षेत्रका किसान भने यतिबेला कामको चटारोमा छन् । लगाएका खेतीपाती उठाउने र सिजनअनुसारको नयाँ खेती लगाउने चटारोमा छन् किसान ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/working-village-city-kath-15-768x410.jpg)
तोरी खेती उठाउने र अर्को खेती लगाउन मल बोक्ने किसान काँठ क्षेत्रमा भेटिन्छन् । हुनतः खेतीपातीको काम गर्ने किसानलाई गर्मी र जाडोको छुट छैन । समयमा गर्नु परिहाल्छ नै । असरल्ल काम छोडेर गर्मी र जाडो भन्दै बस्ने छुट किसानलाई हुँदैन । बरु लगाएको खेतीपाती समयमै भित्र्याएर नयाँ सिजनको खेती गर्नमै किसान रमाउँछन् ।
यतिबेला उनीहरुलाई नयाँ वर्षको रमझम भन्दा खेतीपाती नै प्यारो छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका कामको चटोरोले ब्यस्त काँठ क्षेत्रका किसान र कृषिका यी तस्बिरहरु ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/working-village-city-kath-13-768x447.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/working-village-city-kath-12-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/working-village-city-kath-11-scaled.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/working-village-city-kath-10-scaled.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/working-village-city-kath-8-old-man-working.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/working-village-city-kath-7.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/working-village-city-kath-6-old-women-work-krishi.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/working-village-city-kath-5.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/working-village-city-kath-4.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/working-village-city-kath-2.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/working-village-city-kath-1.jpg)
SHARE YOUR THOUGHTS