![](https://internal.appharu.com/wp-content/uploads/2017/06/cpn-uml.jpg)
बारा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् ।
उनले तीन सय ७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए । उनका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत मियाँले जानकारी दिए ।
SHARE YOUR THOUGHTS