![](https://internal.appharu.com/wp-content/uploads/2024/04/budhha-chitta-kavre.png)
धुलिखेल । काभ्रेपलाञ्चोकमा बुद्धचित्तको बोट काटेर एक घरमा चारवटा सकेट बम राखेको फेला परेको छ ।
शुक्रबार बिहान करिब १ बजे रोशी गाउँपालिका वडा नम्बर ५ नागबेलीस्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्धचित्तको मालाको बोट काटिएको र अज्ञात समूहले घरको बाहिर बम राखेको फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानएको छ ।
करिब १५/२० जनाको समूहले बारीमा आएर बुद्धचित्तको बोट काटेको खबर पाएको प्रहरीले जनाएको छ ।
खबर पाउनासाथ इलाका प्रहरी कार्यालय मंगलटारबाट बिहान साढे २ बजे टोली घटनास्थलमा पुगेको थियो । प्रहरी घटनास्थल पुग्दा बुद्धचित्तको बोट काटिएको अवस्थामा थियो भने घरको आँगनमा चारवटा घरेलु सकेट बम राखिएको फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घर नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट पनि फेला परेको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा केहीलाई नियन्त्रणमा लिएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बुद्धचित्त पनि भनिने बोधिचित्तको फल बौद्ध धर्मावलम्बीहरुले जप्ने मालामा प्रयोग हुने गर्दछ । यो लाखौं मूल्यमा बिक्री हुने गरेको छ ।
SHARE YOUR THOUGHTS