नागढुंगा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’, प्रधानमन्त्री सहभागी हुने « Eglish Khabarhub

नागढुंगा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’, प्रधानमन्त्री सहभागी हुने



काठमाडौं । नेपालमा बनेको पहिलो ट्रान्सपोर्ट टनेल (सुरुङमार्ग) सिस्नेखाला–नागढुंगा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो १ बजे सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम छ । सुरुङमार्गमा नेपाली पक्षले हिन्दू परम्पराअनुसार पूजाआजा गर्ने र जापानी पक्षले आफ्नो धर्मअनुसार पूजा गर्ने कार्यतालिका छ।

पूजा सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, जाइकाका उच्च अधिकारीसहितको टोलीले संयुक्त रुपमा उक्त सुरुङमार्गको अन्तिम छेड्ने काम (ब्रेक थ्रु) गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा सहभागिता हुन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित काठमाडौं र धादिङका केही साँसदहरुलाईसमेत निम्तो गरिएको छ । ओली प्रधानमन्त्री हुँदा २०७६ कात्तिकमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु भएको थियो ।

Publish on: