![](https://internal.appharu.com/wp-content/uploads/2024/04/thakur-dangi.png)
काठमाडौं । राप्रपाले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको हो ।
राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार डाँगीलाई आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।
उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रस्वासमा समस्या देखिएको श्रेष्ठले जानकारी दिए ।
गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले काठमाडौंमा चैत २७ गते प्रदर्शन गरेको थियो ।
SHARE YOUR THOUGHTS