![](https://internal.appharu.com/wp-content/uploads/2023/12/gold-price-hike-768x403.jpg)
काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै सोमबार तेजावी सुनको मूल्य १ लाख ३६ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १७ सय १५ रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS