![](https://internal.appharu.com/wp-content/uploads/2024/04/egg.jpg)
एजेन्सी । भारतीय बजारमा ६ रुपैयाँ पर्ने अण्डा सवा २ लाख रुपैयाँमा लिलामी भएको छ । भारतको कश्मीरको उत्तरी सहरमा ६ रुपैयाँको मूल्यको अण्डा सवा २ लाख रुपैयाँमा लिलामीमा राखेको हो । उक्त अण्डा सवा २ लाख रुपैयाँमा लिलामी गर्नुको कारण रहेको छ मस्जिद निर्माणका लागि गरिएको दान ।
भारत प्रशासित कश्मीरको उत्तरी सहर सोपोरको ‘मल मापनपुरा’ गाउँमा केही महिनादेखि एउटा मस्जिद निर्माण भइरहेको छ । इदको अवसरमा मस्जिद कमिटीले घर-घर गएर नगद र सामान संकलन गर्ने निर्णय गरिरहेको छ ।
मानिसहरूले नगद, भाँडाकुँडा, कुखुरा, चामल आदि दान दिएका छन् । तर एक गरिब महिलाले मस्जिद बनाउनको लागि दान गरेको जोशले यसको कुल लागत २ लाख २५ हजार रुपैयाँभन्दा बढी पुगेको छ । मस्जिद कमिटीका सदस्यले चन्दा संकलन गर्दै गर्दा एउटी एक महिलाले शिर निहुराएर एउटा अण्डा दान दिइन् र त्यसलाई स्वीकार गर्न आग्रह गरिन् । सोही दान गरेको अण्डा लिलामीमा राखेको बीबीसी हिन्दीले जनाएको छ ।
मस्जिद कमिटीका सदस्य नसीर अहमदले महिलाले दिएको अण्डा ६ रुपैयाँको एक साधारण अण्डा रहेको जनाए । तर ति महिलाले भगवानको नाममा समर्पण गरेको अण्डा भएकाले यसलाई धेरै मूल्यवान बनाएको छ ।
नसिरले नै समितिका अन्य सदस्यहरूलाई अण्डाको लिलाम बढाबढमा लगाउनुपर्ने र अण्डा फिर्ता गर्नुपर्ने सुझाव दिए ।
ती महिलाको परिचय नखुलाई नसीरले मस्जिदमा यो अण्डा लिलामी भइरहेको घोषणा गरे र आफ्नो खल्तीबाट त्यसको लागि दश रुपैयाँ लिलामीका लागि बढाबढ गरेका थिए । नसीरका अनुसार पहिले भाउ १० हजार थियो त्यसपछि अण्डाको मूल्य बढ्दै गयो । साथै बोलकबोल गरेर उक्त अण्डा सवा २ लाखमा बिक्री भएको थियो ।
बोलपत्रको अन्तिम दिन के भयो ?
मस्जिदको व्यवस्था समितिले अण्डा बिडिङ तीन दिनमात्र गर्ने निर्णय गरेको थियो । नसीर अहमदले दुई दिनसम्म अण्डाको १०, २०, ३० र ५० हजार रुपैयाँको मूल्य बढाबढमा लगाए र हरेक पटक अण्डा फिर्ता भएको बताए ।
त्यसपछि अन्तिम दिन साँझ ७ बजे बोलपत्र बन्द हुने र अन्तिम बोलपत्रदातालाई अण्डा दिने घोषणा गरिएको थियो । सोपोरका युवा व्यापारी दानीश हमिद पनि यो लिलाम बढाबढमा सहभागी थिए । लिलाम बढाबढमा ५४ हजार रुपैयाँको दुई पटक घोषणा गर्दा पछाडिको लाइनमा बसेका दानीशले ठूलो स्वरमा भने, ‘७० हजार ।
यसरी यो अण्डाले कुल २ लाख २६ हजार ३५० रुपैयाँ नगद संकलन गर्न सफल भएको छ ।
दानीशले बीबीसीलाई अण्डा कसले दान गरेको हो भन्ने कुरा आफूलाई थाहा नभए पनि कोही गरिब महिलाले अण्डा दान गरेर आफ्नो भावना व्यक्त गरेको कुरा सबैलाई थाहा भएको बताए । ती महिलाले धनी मानिसहरूलाई उदारतापूर्वक दान गर्न प्रेरित गरेको उनले बताए ।
‘जब मैले ७० हजार रुपैयाँमा अण्डा किनेको थिएँ, त्यतिबेला मेरो सोच पनि त्यस्तै थियो’ उनले भने ।
त्यो अण्डा सामान्य हो तर यसको प्रतिकात्मक महत्व भएको उनले बताए । उक्त अण्डा सुरक्षित राख्ने प्रबन्ध मिलाइरहेको र यसलाई फ्रेममा राख्ने तयारी भएको समाचारमा जनाइएको छ ।
SHARE YOUR THOUGHTS