![](https://internal.appharu.com/wp-content/uploads/2024/04/ramchandra-paudel-qatar.jpg)
काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् ।
थानी मंगलबार दिउसो ३ बजेर ४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । उनी निजी जहाजबाट काठमाडौं आएका हुन् ।
उनलाई विमान रोकिएको स्थानमा पुगेर ऊर्जामन्त्री शक्ति बस्नेतले स्वागत गरेका थिए भने त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पगुच्छासहित स्वागत गरेका थिए । लगत्तै उनलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ।
SHARE YOUR THOUGHTS