![](https://internal.appharu.com/wp-content/uploads/2024/04/dead-768x410.jpg)
धनुषा । धनुषास्थित एक होटेलमा महिला र पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन् ।
मंगलबार महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरूको शव मंगलबार बिहान ११ बजेतिर जनकपुरधामको रामानन्दचोकस्थित होटेल होलिडे एण्ड गेष्ट हाउसमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कोठाभित्र बच्चा रोएको आवाज आएपछि झ्यालबाट होटेल सञ्चालकले हेर्दा उनीहरु झुण्डिएको अवस्थामा फेला परेका थिए । साढे २ वर्षकी छोरी रोइरहेको आवाज आएपछि हेरेका होटल सञ्चालकले त्यसपछि प्रहरीलाई खबर गरेका थिए ।
बच्चासहित दुवैजना ३–४ दिनदेखि होटलमा बसेको प्रहरीले जनाएको छ । होटलवालाले बच्चासहित श्रीमान श्रीमतीलाई कोठा दिएको ठाने पनि त्यसो नभएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
SHARE YOUR THOUGHTS