![](https://internal.appharu.com/wp-content/uploads/2024/04/marasini-sapath-suprem-court-chief-768x412.jpg)
काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा सपथ लिएका छन् ।
सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उनलाई पद तथा गोपनीयताको शथप गराएका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष सपथ लिनुपर्ने व्यवस्था छ ।
सपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रार बिमल पौडेल, सह–रजिष्ट्रारहरू हरिराज कार्की, ठगीन्द्र कट्टेल र अर्जुनप्रसाद कोइराला, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो ।
SHARE YOUR THOUGHTS