![](https://internal.appharu.com/wp-content/uploads/2024/05/hording.jpg)
एजेन्सी । भारतको मुम्बइस्थित हावाहुरी र वर्षाका बीच एउटा विशाल होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु भएको छ । कम्तीमा ६० जना घाइते भएका छन् ।
मुम्बइ महानगरपालिकाका अनुसार ४३ जनाको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । अन्य ३१ जना उपचारपछि घर फर्किएका छन् ।
मंगलबार दिउँसो अचानक आएको हावाहुरी र वर्षाका कारण घाटकोपर क्षेत्रमा रहेको समता कोलोनीमा रेलवे पेट्रोल पम्प नजिकै होर्डिङ बोर्ड खसेको थियो । बीबीसी हिन्दीको समाचार अनुसार उक्त बोर्ड ७०/५० मिटर ठूलो थियो ।
घटनास्थलमा अहिले ठूलो संख्यामा प्रहरीसहित उद्धारकर्मीहरु उपस्थित छन् । घटनास्थलमा अहिले करिब २० देखि ३० जना च्यापिएर फसेको हुनसक्ने आकलन गरिएको छ । मुम्बइका मुख्यमन्त्री एकनाथ सिन्देले दुर्घटनास्थलको निरीक्षण गरेर अस्पतालमा पनि पुगेर घाइतेहरुको उपचारबारे जानकारी दिएका छन् ।
घटनापछि मुख्यमन्त्री सिन्देले मुम्बइमा रहेका सबै होर्डिङ बोर्डको स्पेसल स्ट्रक्चरल अडिट गर्ने पनि बताएका छन् ।
SHARE YOUR THOUGHTS