![](https://internal.appharu.com/wp-content/uploads/2024/05/balen-768x403.png)
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले सिंहदरबार लगायत सबै पार्टीका कार्यालय र नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत शाहले काठमाडौंमा फोहोर बोक्ने ४ जना चालकलाई सरकारले नियन्त्रणमा लिएको भन्दै आक्रोश पोखेका हुन् ।
भ्रष्टहरुलाई पक्राउ गर्न नसक्ने सरकारले फोहोर बोक्ने चालक समाएको उनको टिप्पणी छ ।
‘भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले,’ हाल फ्रान्समा रहेका शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जबसम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाँकी छोडिँदैन !’
आजै शाहले गिरीबन्धु जस्तै १०१ कम्पनीले जग्गा सट्टाभर्ना निवेदन परेको र त्यसमा ५० खर्बसम्मको खेलोफड्को हुनसक्ने भन्दै लेखेका थिए ।
SHARE YOUR THOUGHTS