एकैदिन सुनको मूल्य तोलामा ४ हजारले घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Eglish Khabarhub

एकैदिन सुनको मूल्य तोलामा ४ हजारले घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार रुपैयाँ घटेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय २५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ रूपैयाँमा कारोबार भएको थियो ।

Publish on: