बाइडबडीले ३० अर्ब कमाउँदा निगमले ९ अर्ब ऋण तिर्यो, अझै ३५ अर्ब बाँकी « Eglish Khabarhub

२ वटा न्यारोबडीले धानेको निगम

बाइडबडीले ३० अर्ब कमाउँदा निगमले ९ अर्ब ऋण तिर्यो, अझै ३५ अर्ब बाँकी


३ असार २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल वायुसेवा निगमले ६ वर्ष अगाडि भित्र्याएको एयरबसको ए३३०-२०० नामक वाइडबडी जहाज उडाएर हालसम्म करिब ३० अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

निगमले क्लिकमान्डुलाई उपलब्ध गराएको तथ्यांकअनुसार २७४ सिट क्षमताको लामो दुरीको उडान क्षमता भएको दुई वटा वाइडबडी उडाएर निगमले हालसम्म ३० अर्ब ३५ करोड अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको देखिन्छ । यस्तो आम्दानीबाट निगमले हालसम्म ९ अर्ब ३ करोड रुपैयाँ ऋणको साँवा र ब्याज भुक्तानी गरेको छ । निगमले वाइडबडी जहाज किन्दा लिएको ऋण अझै ३५ अर्ब रुपैयाँ रहेको छ ।

वायुसेवा निगमले २०७५ असार १४ मा पहिलो र साउन १० मा दोस्रो वाइडबीजहाज भित्र्याएको थियो । उक्त वजहाज उडान थालेको ६ वर्षमा यसले कमाएको आम्दानी यसले बोकेका ऋणको दायित्वभन्दा कम छ । निगमले कर्मचारी संचयकोष र नागरिक लगानी कोषबाट १२/१२ अर्ब रुपैयाँ गरी २४ अर्ब रुपैयाँ ऋण लिएर किनेको यस्तो जहाजको ऋणको साँवा र ब्याजवापत दुबै ऋणदातालाई ९ अर्ब ३ करोड रुपैयाँ भुक्तानी गरेको ।

निगमले चुक्ता गरेको वाइडबडीको ऋणमा नागरिक लगानी कोषलाई ४ अर्ब ५१ करोड रुपैयाँ भुक्तानी गरेको छ भने त्यति नै रकम कर्मचारी संचयकोषलाई तिरेको निगमले उपलब्ध गराएको एक तथ्यांकले देखाउँदा निगमले हालसम्म भुक्तानी गरेको ९ अर्ब रुपैयाँमध्ये पछिल्लो ३ वर्षमा मात्रै ५ अर्ब ३० करोड रुपैयाँ छ । यो रकम भने न्यारोबडी र वाइडबी दुबैको लागि हो ।

निगमले नागरिक लगानी कोषबाट लिएको १२ अर्ब ऋण बढेर अझै १७ अर्ब रुपैयाँ तिर्नुपर्ने भएको छ भने त्यति नै रकम कर्मचारी संचयकोषलाई वाइडबडी जहाज किन्दा लागेको ऋण तिर्न बाँकी छ । निगमले अर्को २ वटा न्यारोबडी जहाज किन्दा लिएको ऋण पनि कर्मचारी संचयकोषलाई करिब ९ अर्ब ७१ करोड रुपैयाँ बाँकी नै छ । कर्मचारी संचय कोषलाई २ वटा न्यारोबडी र एक वाइडबडीको गरी कुल २६ अर्ब रुपयाँभन्दा बढी जहाज किन्दा लागेको ऋणमात्रै तिर्न बाँकी छ । एउटा वाइडबडीको लागि भने नागरिक लगानी कोषबाट ऋण लिएकोले उक्त निकायलाई तिर्नुपर्ने ऋण १७ अर्ब बाँकी छ ।

वाइडबडीको औषत यात्रु आम्दानी २६ हजार रुपैयाँ

नेपाल वायुसेवा निगमले उपलब्ध गराएको तथ्यांकअनुसार वाइडबडी जहाजको औषत यात्रु आम्दानी २६ हजार रुपैयाँ छ । निगमले चालु आर्थिक वर्षको साउनदेखि फागनुसम्ममा वाइडबडी जहाजबाट मात्रै २ लाख ७० हजार १०६ यात्रुलाई उडाएको छ । यी यात्रुबाट संकलन भएको औषत आम्दानीका आधारमा निगमले ७ अर्ब रुपैयाँ आम्दानी गरेको छ । चालु आर्थिक वर्षको ८ महिनासम्मको अपरिस्कृत तथ्यांक अनुसार निगमको वाइडबडीमा उड्ने यात्रु २ लाख ७० हजार जना छन् । यही तथ्यांकका आधारमा वाइडबडीको औषत यात्रु आम्दानी २६ हजार रुपैयाँभन्दा माथि देखिएको हो ।

तर, निगमले उपलब्ध गराएको पछिल्लो ५ वर्षको तथ्यांकअनुसार भने वाइडबडीको तुलनामा न्यारोबडीको औषत आम्दानी बढी छ । पछिल्लो ५ वर्षमा न्यारोबडीको औषत यात्रु आम्दानी २२ हजार रुपैयाँ छ भने वाइडबडीको २० हजार मात्रै भएको छ ।

वाइडबडी उडाएर कमाएको यस्तो आम्दानीमा गत आर्थिक वर्ष २०७९/८० मा ५ अर्ब ५० करोड, आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ३८ करोड, २०७७/७८ मा ३ अर्ब ४४ करोड, २०७६/७७ मा ५ अर्ब ३३ करोड र २०७५/७६ मा ४ अर्ब ६५ करोड रुपैयाँ भएको तथ्यांकले देखाएको छ । यस्तो आम्दानीबाट निगमको वाइडबडीको औषत प्रतियात्रु आम्दानी पछिल्लो ५ वर्षमा १५ हजारदेखि २९ हजार रुपैयाँसम्म हुन आउँछ । निगमले वाइडबडीमा उडाएको यात्रु र बार्षिक आम्दानीका आधारमा प्राप्त तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० को औषत यात्रु आम्दानी २१ हजार रुपैयाँमात्रै देखिन्छ ।

लामोदुरीको जहाज छाटो दुरीमा उड्दा घाटामा

निगमको वाइडबडीले वार्षिक साढे २ लाखभन्दा बढी यात्रु बोकेर ७ अर्ब रुपैयाँ कमाउन थालिसकेको भएपनि लामोदुरीको जहाज छोटो गन्तव्यमा उड्दा र सञ्चालन खर्च अधिक भएका कारण घाटामा चलिरहेको छ । निगमको वाइडवडी जहाजले लामो दुरीको गन्तव्यमा पूर्णक्षमतामा उडान नगर्दासम्म र अझै ५ वर्ष नाफामा नजाने प्रक्षेपण वायुसेवा निगमको बारेमा भएको दीपेन्द्रबहादुर क्षेत्री संयोजकत्वको एक अध्ययन प्रतिवदेनले औल्याएको छ ।

उक्त प्रतिवेदनले निगमको वाइडबडी जहाजले बार्षिक ५/७ अर्ब रुपैयाँ कमाउँदासमेत घाटामै छ । चालु आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब रुपैयाँ आम्दानी गरेको अवस्थामा पनि यसको सञ्चालन खर्च अधिक भएका कारण ३ अर्ब घाटामै जाने उक्तप्रतिवदेनले औैंल्याएको छ । प्रतिवदेनले निगमको वाइडबडीलाई अधिकतम उपयोग गर्दै जाने, सीट क्षमता बढाउने यसको योजनामा भएका गन्तव्य अस्टे«लिया, कोरियासहतिका लामो दुरीमा नजाँदासम्म नाफामा जान नसक्ने औंल्याएको छ ।

आम्दानीको स्रोत कम हुँदा निगमलाई समस्या

वायुसेवा निगमका अनुसार आम्दानीको स्रोत कम हुँदा यसले अपेक्षा गरे अनुसार नाफा कमाउन सकेको छैन । वायुसेवा निगममा पर्याप्त जनशक्ति छन भने सो जनशक्तिलाई परिचालन गर्ने साधान (जहाज) नभएका कारण निगमले बार्षिक डेढ २ अर्ब रुपैयाँ सञ्चालन नाफा गर्दासमेत किस्ता तिर्दा घाटामा जाने अवस्था आइरहेको निगम निगका प्रवक्ता रमेश पौडेलले बताए ।

उनले भने ‘निगमले जहाज किन्दा लिएको ऋणको चर्को व्याजका कारण यसले जति तिरेपनि नसकिने गरी ऋणको भारी बोक्नुपरेको छ । ऋणको चर्को व्याजका कारण वार्षिकरुपमा कमाएको नाफाजति सबै किस्ता तिर्दैमा सकिन्छ भने जति यात्रु सेवा दिइएको छ त्यो भन्दा बढाउन सक्ने अवस्थाको लािग थप जहाज पनि छैन ।’

पौडेलले भने ‘नयाँ गन्तव्यमा जान, बढी यात्रुलाई सेवा दिन र पर्याप्त नाफा कमाउने यही जनशक्तिले अझै ५ वटा जहाज उडान सक्ने अवस्था छ । जहाज कम्पनीसँग जहाज नै कम भएको हुँदा न्यूनतम जनशक्तिमा चलाउँदा पनि अहिले भइरहेको खर्च आइरहने हुन्छ ।’

निगमलाई नाफामा लैजान जहाज नै थप गर्नुपर्ने, सरकारले ऋणको सीमा घटाइदिनुपर्ने र क्षमता बढाउन पर्याप्त साधान उपलब्ध गराउनुपर्ने बुझाई पनि निगमका पौडेलेको छ । निगमले अहिले पनि लामो दुरीको उडानका गन्तव्यमा उडान नै गर्न पाएको छैन् । वाइडबडीलाई कोरिया, अस्ट्रेलिया, जापानसहितका लामो दूरीमा नै केन्द्रित गरिरहने अवस्था आएमा सञ्चालन खर्च मात्रै धान्ने अवस्था हुन्छ । नाफामा लैजान र ऋण तिर्न भने अझै जहाज नै थप गर्नुको विकल्प निगमसँग नभएको तर्क पनि पौडेलले दिए ।

२ वटा न्यारोबडीले धानेको निगम

निगमको २ वटा न्यारोबडीले कमाएको नाफाका कारण निगमलाई धानिरहेको पाइएको छ । निगमले २०७१ सालमा भित्र्याएको न्यारोबडी जहाजले वर्षेनी नाफा गर्दै गएका कारण निगमलाई धान्न सहज भएको छ । निगमको वारेमा भएको अध्ययन प्रतिवेदनले पनि बार्षिक एक अर्ब रुपैयाँ नाफामा लैजाने काम न्यारोवडी नै गरेको छ ।

न्यारोबडीका दुई वटा जहाजमा हुने खर्चभन्दा यसको आम्दानी राम्रो भएकै कारण वर्षेनी नाफामा गएको तथ्यांकले देखाएको छ । निगमको न्यरोडीले २०७९/८० मा ३ लाख ६० हजार यात्रुलाई सेवा दिँदा १० अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानीबाट निगमले एक अर्ब रुपैयाँभन्दा बढी नाफा गरेको पनि देखिएको छ ।

१५८ सिट क्षमताको निगमको न्यारोबडी २०७८/७९ मा ८७ करोड रुपैयाँ नाफामा थियो । उक्त वर्ष न्यारोबडीका दुइ जहाजले २ लाख ३९ हजार यात्रुलाई सेवा दिँदा ६ अर्ब ५१ करोड रुपैयाँ आम्दानी कमाएको थियो । निगमको यी दुई जहाजले आर्थिक वर्ष २०७७/७८ मा १ लाख २२ हजार यात्रुलाई सेवा दिँदा २ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तो आम्दानी २०७६/७७ मा २ लाख ३६ हजार यात्रुलाई दिएको सेवाबाट ३ अर्ब ८० करोड रुपैयाँ थियो । निगमलको यी दुई न्यारोवडीले २०७५/७६ मा भने ३ लाख ४३ हजार यात्रुलाई सेवा दिँदा गरेको आम्दानी ५ अर्ब ८५ करोड रुपैयाँ भएको पनि निगमले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । त्यसो त निगमलाई धान्नमा सहयोग पुर्याउने काम त्रिभुवन विमानस्थलमा हुने ग्राउण्ड ह्याण्डलिङ पनि हो यो सेवा दिएवापत निगमले वार्षिक करिब एक अर्ब रुपैयाँ नाफा गर्न सकेको छ ।

निगमले ग्राउण्ड ह्याण्डलिङबाट गत वर्ष २०७९/८० मा मात्रै ३ अर्ब १८ करोड कमाउँदा ९८ करोड ७० लाख नाफा गरेको थियो । यो सेवा निगमका लागि नाफामा लैजाने माध्यम पनि बनेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार ००:००  ७ : २८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping