पर्यटनको १० वर्षे रणनीतिक योजना असफल, प्राथमिकतामै परेन पर्यटन दशक « Eglish Khabarhub

पर्यटनको १० वर्षे रणनीतिक योजना असफल, प्राथमिकतामै परेन पर्यटन दशक


१९ असार २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्न ल्याएको १० वर्षे रणनीतिक योजना असफल भएको छ । सन् २०१६ देखि सन् २०२५ सम्मको लागि ल्याइएको ‘नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना’का लक्ष्य अधुरै छोडेर सरकारले गत वर्षदेखि नै पर्यटन दशक अगाडि सारेको थियो ।

सरकारले भूकम्पपछि पर्यटन क्षेत्रको पुनस्थापना गर्ने र दीर्घकालीन विकास गर्ने गरी ल्याएको उक्त योजना, यसले लिएको लक्ष्य र उपलब्धी ९ वर्षसम्म पनि समीक्षा नहुँदै रणनीतिक योजना सकिन १ वर्ष बाँकी रहँदा यसले लिएको लक्ष्य र उद्देश्य पूरा गर्ने विषयमा पर्यटन दशकले कुनै सम्बोधन समेत गरेको छैन । पर्यटन रणनीतिक योजनाबाट के उपलब्धी भयो, रणनीतिले लिएको लक्ष्य पूरा भयो कि भएन ? कार्यान्वयपक्ष कति प्रभावकारी भयो भन्ने विषयमा समेत सरकारले कुनै समीक्षा नगरी चुपचाप पर्यटन रणनीतिक योजनालाई थन्काएर पर्यटन दशक अघि सारेको हो ।

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको सन् २०२३ को यथार्थ तथ्यांक र पर्यटन रणनीतिक योजना अनुसार कुनै पनि लक्ष्य पूरा भएको छैन । सन् २०२३ मा जम्मा १० लाख १४ हजार पर्यटक मात्रै भित्र्याउन सकेको सरकारले पर्यटन दशकअनुसार वर्ष सन् २०२४ मा १६ लाखको लक्ष्य अगाडि सारेको छ । यो लक्ष्यभन्दा निकै बढी अर्थात १९ लाखका लक्ष्य सन् २०२३ को लागि रणनीतिक योजनाले अगाडि सारेको थियो ।

रणनीतिक योजनाको लक्ष्यको तुलनामा पर्यटन क्षेत्रको उपलब्धि भने न्यून छ । रणनीतिक योजनाको लक्ष्यलाई तुलनाबिना नै सरकारले पर्यटक दशक गत आर्थिक वर्षबाटै घोषणा गरेको थियो । सरकारले गत वर्ष घोषणा गरेको पर्यटन दशकलाई भने यो वर्षको बजेटले सम्बोधन गरेको छैन ।

पर्यटन मन्त्रालयले पर्यटनक दशक सुरुवातको वर्षमा गर्ने कामको लागि पनि कुनै बजेटसमेत राखेको छैन पर्यटन मन्त्रालयका प्रवक्ता हेमराज तामाङका अनुसार पर्यटन दशक अघिल्लै वर्ष घोषणा भइसकेको कार्यक्रम भएकोले सम्बन्धित निकायबाट कार्यान्वयन भइरहेको हुनुपर्छ ।

पर्यटन दशकको सुरुवात, अहिलेको पर्यटन रणनीतिसहितको विषयमा पर्यटन प्रवर्द्धन महाशाखाले नै यथार्य विवरण दिन सक्ने भएकोले उक्त विषयमा थप जानकारी नभएको बताए ।

पर्यटन रणनीतिका प्रमुख सूचकसँग सन् २०२३ को यथार्थ विवरणसको तुलना

सरकारले पर्यटनको १० वर्षे रणनीतिक योजना असफल भइसकेको, त्यसको विकल्पमा नयाँ योजनाको रुपमा पर्यटक दशक आइसक्दासमेत प्राथमिकता भने पर्यटनका योजनालाई दिन नसकेको देखिन्छ । बिना आधार सन् २०२४/२५ अर्थात आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्र्याउने योजना बजेटबाट घोषणा गरेको छ ।

सरकारले २०७९ असोज ७ गतेको मन्त्रिपरिषद बैठकबाट २०२३-२०३२ लाई पर्यटन दशक मनाउने निर्णय यसअघि गरिसकेको छ । यो निर्णय गर्दा सरकारले भएकै योजना असफल हुनेको विषयमा भने प्रवेश नै गर्न चाहेन ।

उक्त निर्णयअनुसार २०८० जेठ १५ गते जारी भएको चालु आर्थिक वर्ष २०८०/८१ को बजेटले पर्यटनलाई प्राथमिकता दिने प्रयास पनि गर्‍यो । उक्त वर्षको बजेटले ‘नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचार प्रचार गर्ने घोषणा गर्दै सन् २०२३-२०३२ लाई पर्यटन दशक मनाउने निर्णय समेत गरेको छ ।

यो घोषणाअनुसार पर्यटन दशकका योजना, कार्यान्वयका पक्ष, आवश्यक समन्वय गर्ने निकाय, बजेट खर्चने आधिकारिकता निकायसहितको विषयलाई पनि स्पष्ट पारेको छैन । चालु आर्थिक वर्षमा आएको बजेटले पर्यटन दशकलाई सुरुवाति घोषणा गरेर वर्षेनि कार्यक्रम थप गर्दै जाने रणनीति अगाडि सारेको भए पनि आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले पर्यटन दशकलाई सम्बोधन नै गरेको छैन ।

पर्यटन मन्त्रालयका अनुसार पर्यटन दशकको योजना र कार्यक्रम प्रस्ताव भएको भए पनि बजेटमा के कारणले सम्बोधन भएन भन्ने विषयलाई अध्ययन गर्नुपर्ने तर्क पर्यटन मन्त्रालयकै अधिकारीको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका प्रवक्ता मणि लामिछने सरकारले पर्यटन दशक सरकारकै इच्छाअनुसार बनाएर पेश जरिएको तर्क गरे । उनले भने ‘नेपाल पर्यटन बोर्डले नै अग्रता लिएर पर्यटन दशक आगडि सारिएको हो । तर, यसलाई सम्बोधन गर्ने र पूरा गर्न आवश्यक बजेट भएन नभएको विषयमा आफूहरुलाई जानकारी नहुने बताए ।

दशक घोषणाबाट मात्रै आउँछन् ३५ लाख पर्यटक

सरकारले अहिले १० लाख पर्यटक भित्र्याउँदा गर्नुपरेको प्रचार प्रचार, निजी क्षेत्रसमेतको प्रवर्द्धनात्मक कार्यक्रम, पूर्वाधार निर्माण र पूर्णक्षमतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्दा १० लाख पर्यटक भित्र्याउन सकेको छ ।

अब १० वर्षमा ३५ लाख पर्यटक पुर्याउन अहिले भएकै पूर्वाधार, लगानी सेवा सुविधा र पर्यटकीय क्षमता नपुग्न सक्छ । यसको लागि क्षमता विस्तार गर्ने, पर्यटन पूर्वाधार बनाउने वार्षिक रणनीतिसहिको पूर्वाधार बनाएर गर्नुपर्ने खर्चको विषयमा भने सरकारले विशेष प्राथमिकता दिनुपर्ने हुन्छ ।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ बाटै घोषणा गरेको पर्यटन दशकअनुसार २०३५ मा वार्षिक ३५ लाख पर्यटक भित्र्याउँछु भन्नु महत्वकांक्षी योजनासमेत हो । सन् २०१९ मै ११ लाख ९७ हजार पर्यटक भित्रिएको तथ्यांकलाई आधार मानेर वर्षेनि प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्ने र २०२८ मै २० लाख पर्यटक भित्र्याउन सकिने सुझाव एक अध्ययन समितिको प्रतिवेदनले दिएको छ ।

पर्यटन बोर्डका पूर्वसीईओ प्रचण्डमान श्रेष्ठको संयोजकत्वको उक्त अध्ययन समितिले दिएको सुझाव अनुसार सरकारले पर्यटन दशकको रणनीतिक योजना कार्यान्वयन गर्न नसकेको देखिन्छ ।

पर्यटन दशक घोषणा भइसकेपछि यसको लक्ष्य पूरा गर्न पर्यटनको संघीय संरचनामा सुधार गर्नुपर्ने, यसअघि २०२० को आएको अवधारणालाई दीर्घकालीन रणनीतिका रुपमा अगाडि बढाउनुपर्ने, पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख क्षेत्रको रुपमा विकास गर्नुपर्ने हुन्छ ।

पर्यटनमा नयाँ रोजगारी अवसरको सिर्जना गर्नुपर्ने, पर्यटकी पूर्वाधारको क्षमता बढाउनुपर्ने, पर्यटन पूर्वाधारको योजनालाई विविधिकरण गर्नुपर्ने, नयाँ विमानस्थल, नयाँ बजार र नयाँ उमेर समूहलाई पर्यटनको कनेक्टिभिटीसँग जोड्नुपर्नेसहितका कार्यक्रमलाई अगाडि सार्नुपर्ने सुझाव उक्त समितिले दिएको सुझावमा उल्लेख छ ।

पर्यटक दशक सफल कार्यान्वयन हुँदा ३५ लाख पर्यटक वार्षिक भित्रने, पर्यटकको दैनिक खर्च १२५ डलर पुुग्ने, जीडीपीमा पर्यटनको योगदान १० प्रतिशत पुग्ने, पर्यटन क्षेत्रले १० लाखलाई प्रत्यक्ष रोजगारी दिने, पर्यटनमा लगानी बढ्ने र हवाई यातायातको सञ्चालन पनि विस्तार हुँदै जाने उल्लेख छ ।

क्लिकमान्डुलाई प्राप्त ‘पर्यटन दशक’ को योजना पूरा हुँदा नेपालले वार्षिक १५ प्रतिशतका दरले मात्रै वृद्धि गर्दै जाँदा पनि अगामी १० वर्षमा पर्यटक आगमनको संख्या ३५ लाख नाघ्ने उल्लेख छ । हाल नेपालमा प्राकृतिक वृद्धिदरका आधारमा आएका पर्यटक वार्षिक १० प्रतिशत छन् । पर्यटन दशकले गर्ने योगदानलाई जोड्दा वार्षिक १५ प्रतिशत पर्यटक बढाउन सकिने दाबी सरकारी निकायकै छ ।

पर्यटन दशक पूरा गर्न सरकाले वर्षेनि पर्यटन प्रवर्द्धन अभियान घोषणा गर्दै त्यसको प्रभावकारी कार्यन्वयन भने गर्नुपर्ने धेरैको सुझाव छ । यसका लागि वर्षेनि नयाँ अभियान र पर्यटनको कार्यक्रम गर्नुपर्ने हुन्छ । सरकारले आगामी वर्षको बजेटमा पर्यटन प्रवर्द्धन गरेर १६ लाख पर्यटक पुर्याउने योजना भने बजेटमार्फत सार्वजनिक गरेको छ ।

सरकारले कुनै कार्यक्रम र रणनीतिक योजनाविना नै अपेक्षाअनुसार पर्यटक भित्रिनसक्ने अवस्था भने देखिँदैन । हाल १० लाख पर्यटक आइरहेको र पर्यटन दशकको योजनाले सन् २०२४ मा १२ लाख मात्रै भित्र्याउने उद्देश्य राख्दाराख्दै पनि सरकारले भने १६ लाखको महत्वकांक्षी योजना अगाडि सारेको छ ।

आगामी आर्थिक वर्षको बजेटले पर्यटन प्रवर्द्धनका लागि छिमेकी मुलुकलाई प्राथमिकता दिने, निजी क्षेत्रको सहकार्यमा प्रवर्द्धनात्मक गतिविधि अगाडि बढाउने भन्ने उल्लेख गरेको छ । बजेटले पर्यटन दशकलाई बजेट विनियोजनमा कन्जुस्याइँ त गरेको छ नै, यसले महत्वपूर्ण पर्यटन विकासकै कार्यक्रमलाई समेत वेवास्ता गरेको छ ।

नेपाल पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशी राज्यले गर्ने निर्णय कार्यान्वयनमा जाँदा कमजोर हुनुले अपेक्षा अनुसार प्रगति हुन नसकेको विगतका अभ्यासले देखाएको तर्क गर्छन् ।

‘राज्यकै हैसियतबाट निर्णय हुने तर सरकार परिवर्तन भएसँगै कार्यान्वयन पक्ष कमजोर हुनु समस्या हो । यसले सरकारकै लक्ष्य अनुसार काम हुँदैन भने सरोकारवालासँगको विश्वसनीयता समेत गुम्ने हुन्छ,’ जोशीले भने ।

नेपालको निजी क्षेत्रले भने अहिले नै १० वर्ष पछि लक्षित गरेको पर्यटन धान्न सक्नेक्षमता बनाएको दाबी गरिरहेको छ । होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने होटल पूर्वाधार तयारी अवस्थामा छ ।

सरकारले विमानस्थल पूर्वाधार बनाउने, राष्ट्रिय ध्वजाबाहकलाई बलियो बनाउने र अरु पूर्वाधारमा लगानी गरेर पर्यटक आकर्षित गर्न सक्नुपर्ने पनि उनको भनाइ छ ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार ००:००  २ : १३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping