एमालेसँगको सहमतिमा शेखर कोइरालाले समर्थन नगरेपछि कांग्रेस सांसदले भने- शीर्ष नेताले खुट्टा कमाउन हुँदैन « Eglish Khabarhub

एमालेसँगको सहमतिमा शेखर कोइरालाले समर्थन नगरेपछि कांग्रेस सांसदले भने- शीर्ष नेताले खुट्टा कमाउन हुँदैन



काठमाडौं । नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले नयाँ सरकार गठनका लागि खुट्टा कमाउने काम पार्टीका शीर्ष नेताहरुले गर्न नहुने बताएका छन् ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेकोप्रति लक्षित गर्दै उनले शीर्ष नेताहरुले खुट्टा नकमाई कांग्रेस–एमालेबीचका समझदारी अनुसार नयाँ सरकार गठनका लागि अघि बढ्न आग्रह गरे ।

आइतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिम्बुले मुलुकमा विद्यमान समस्या समाधानका लागि दुई पार्टीबीच नयाँ सरकार गठन गरेर अघि बढ्ने समझदारी भएकाले त्यसलाई कार्यान्वयन गरेर अघि बढ्ने काममा ढिलाई गर्न नहुने सांसद लिम्बुको भनाइ थियो ।

‘अहिलेको परिस्थितिमा नेकपा एमाले र नेपाली कांग्रेसले मुलुकको समस्या समाधान गर्ने जुन जमर्को गरेका छन । म आग्रह गर्न चाहन्छु–हाम्रो पार्टीका शीर्ष नेताहरुले पनि खुट्टा नकमाईकन, धोकाधडी नगरीकन स्थीर सरकार दिएर अघि बढ्नसक्ने परिस्थिति निर्माण गर्नुपर्छ भन्ने कुरा आग्रह गर्न चाहन्छु’ उनले भने ।

Publish on: