![](https://internal.appharu.com/wp-content/uploads/2022/09/atm-chori.jpg)
काठमाडौँ । माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड आरोपमा दुई युवक पक्राउ परेका छन् ।
प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानीलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा दुई युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका–१ स्थायी घर भई हाल बुढानीलकण्ठमा बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटीएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई बुधबार बिहान पक्राउ गरिएको जानकारी दिए ।
SHARE YOUR THOUGHTS