![](https://internal.appharu.com/wp-content/uploads/2024/07/mukul-dhakal1-1.png)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले पार्टीका शीर्ष नेताहरुमाथि गम्भीर आरोप लगाएका छन् ।
सभापति रवि लामिछानेसहित ढकालले बुधबार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष डीपी अर्याल लगायतमाथि आरोप लगाएका हुन्।
उपाध्यक्ष अर्यालले पार्टीलाई आएको आर्थिक सहयोग आफ्नो खल्तीमा हाल्ने गरेको उनले आरोप लगाए ।
पार्टीभित्र आर्थिक अनियमितताका कतिपय कुराहरूमा आफू अप्ठेरो पर्ला भनेर नबोलेको उनको भनाइ छ ।
‘आर्थिक पाटोको सवालमा डीपी अर्याल सरले केसम्म गर्नुभएको छ भने केही साथीहरूले दिएको पैसालाई पार्टीमा जम्मा नगरी आफ्नो खल्तीमा राख्ने कामसम्म गर्नुभएको छ’, ढकालले भने, ‘यो कुरा दुई हप्तामात्र अघि पनि भएको छ । ऋण तिर्नुछ भन्नुभयो, पहिलो कुरा ऋण लिन नै पाइँदैन ।’
SHARE YOUR THOUGHTS