कुसुम र एसीडीएनबीच तालिम, अनुसन्धान तथा परामर्श सेवा दिने सम्झौता « Eglish Khabarhub

कुसुम र एसीडीएनबीच तालिम, अनुसन्धान तथा परामर्श सेवा दिने सम्झौता



काठमाडौं । काठमाडौ यूनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसुम) र एसीडीएन बीच नेपालमा विज्ञता विकाश, अनुसन्धान तथा परामर्श क्षेत्रमा सहकार्य गर्ने साझेदारी भएको छ ।

दुई संस्था बीचमा नेपालका बैंक तथा वित्तिय संस्था लगायत अन्य क्षेत्रहरुमा उच्च प्रभाव पार्ने तालिम तथा सर्टिफिकेशन कार्यक्रमहरु संचालन गर्नुका साथै विभिन्न अनुसन्धान तथा परामर्श सेवाहरु संयुक्त रुपमा प्रदान गर्ने सहमति भएको छ ।

कुसुमका डिन प्रोफेसर डा. विजय केसीले एसीडीएनसंग भएको साझेदारी कुसुमको व्यवस्थापन शिक्षा तथा विज्ञता विकाश गर्ने ध्येय अन्तर्गत नै भएको बताए ।

यो साझेदारीद्वारा नेपालको व्यवसायिक क्षेत्रमा नविनता तथा वृद्धि हासिल गर्न सम्बन्धित क्षेत्रका विज्ञहरुलाई व्यवहारिक कौशलता प्रदान गर्ने बताए । एसीडीएन द्वारा कुसुमको शैक्षिक स्रोत तथा व्यवसायिक सम्बन्धहरुको विज्ञताको उच्चतम प्रयोग गरि डीजाइन गरिएका विभिन्न तालिम तथा सर्टिफिकेशन कार्यक्रमहरु प्रस्ताव गर्नुका साथै विभिन्न अनुसन्धान तथा परामर्श सेवाहरु प्रदान गर्नेछ ।

एसीडीएन द्वारा कुसुम बीचको समझदारीले नेपालमा उद्योग–प्राज्ञिक सहकार्यलाई बढावा दिन र व्यक्ति र संस्थाहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्नेछ ।

Publish on: