कास्कीमा पहिरोमा परेर एकैपरिवारका ७ सहित ९ जनाको मृत्यु, २ बेपत्ता « Eglish Khabarhub

कास्कीमा पहिरोमा परेर एकैपरिवारका ७ सहित ९ जनाको मृत्यु, २ बेपत्ता



पोखरा । अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । पोखरा १९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको हो ।

बिहीबार राति सवा १० बजेतिर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्न राधिका परियारको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

पहिरोमा कुलबहादुरका छोरा १७ वर्षका पवन परियार र राधिकाका छोरा ३१ वर्षका कुमार परियार घाइते भएका छन् । दुवैको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकोमा डिस्चार्ज भएका छन् ।

यसैगरी पोखरा ३२ मा चैनपुरमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । स्थानीय आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीय अनिता ओझा र ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

Publish on: