![](https://internal.appharu.com/wp-content/uploads/2024/07/Sher-Bahadur-Deuba1-768x403.png)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिलाई स्थिरताको बाटोतर्फ लैजान दुई दलबीच सहमति भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत मागेका प्रधानमन्त्री केपी शर्मा ओलीपछि बोलेका देउवाले आफूहरु ७ बुँदै सहमतिको कार्यान्वयनप्रति दृढ रहेको र एमाले पनि दृढ रहनेमा विश्वस्त रहेको बताए ।
देउवाले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गरिने बताए ।
देउवाले प्रधानमन्त्री ओलीको तारिफसमेत गरे । ओली मेहेनती, अध्ययनशील र अनुभवि रहेको भन्दै देउवाले उनको नेतृत्व मुलुकले उन्नतिको नयाँ बाटो समात्ने विश्वास व्यक्त गरे । ‘प्रधानमन्त्री अत्यन्तै मेहेनती अध्ययनशील र अनुभवी हुनुहुन्छ उहाँको मन्त्रीमण्डलमा रहेका साथीहरु पनि योग्य र सक्षम हुनुहुन्छ, उहाँको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने विश्वास लिएको छु’ देउवाले भने ।
SHARE YOUR THOUGHTS