![](https://internal.appharu.com/wp-content/uploads/2024/07/kp-oli_samsad5.png)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा ‘बाजे र नाती’को प्रसंग सुनाएका छन् ।
बैठकमा उनले सुनाएको कथाको ‘सार’ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित रहेको थियो ।
रास्वपाले आफू नयाँ दल भएको र अहिले बिग्रेको प्रणालीको दोष सबै पुराना दलको भएको बताउने गरिरहँदा ओलीले बाजे र नातीको प्रसंग सुनाएका हुन् ।
यस्तो छ ओलीले संसदमा सुनाएको प्रसंग:
एउटा बुढो मान्छेले भन्नुहुन्थ्यो यो नाती साह्रै लक्षणको छ । नाती जन्मेपछि छोराले जागिर पायो । बुहारीले पनि जागिर पाइ… ।
बाजे (उन)ले छोरालाई बोर्डिङ पढाएर, पढेर छोरा बुहारी राम्रो बनाएको सबै बिर्सिए… नाती बिचरा… । नाती जन्मेर जागिर खायो भने । त्यो नातीले के गर्नु र ।
छोरालाई पढाएको खर्च, छोराले गरेको मेहनत खै ?
कान्छाको बिजनेश पनि राम्रो भएको छ रे नाती जन्मिएपछि ।’
यी सबै आफ्नो तर्क हुन् । राजनीतिमा आफ्नो रोटी सेक्नेकुरा सामान्य हो । हुन्छ नै । म त्यसमा माइन्ड गर्दिन ।
ओलीले नातीको प्रसंग निकाल्दै बाजेले आफूले छोरालाई पढाउन हुर्काउन गरेको दु:ख मेहनत र हण्डर बिर्सिर नयाँ जन्मिएको नातीका कारण सबै भएको हो भन्दै सोचेको बताए ।
राणा शासनको अन्त्यदेखि अहिलेसम्म लडेका र काम गरका दलले केही गरेनन् भन्नेहरुले तीन वर्ष पहिला खुलेको पार्टीले गर्दा हो भन्नु नाती जन्मिएर छोरा र बुहारीले जागिर खाएको जस्तो भएको ओलीको भनाइ थियो ।
SHARE YOUR THOUGHTS