![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sukumbasi-Apartment-14-scaled.jpg)
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा सुकुम्बासीका लागि सरकारले भव्य अपार्टमेन्टहरु बनाएको धेरै वर्ष बितिसक्यो ।
सरकारले करोडौं खर्च गरेर बनाएको अपार्टमेन्टमा बागमती, विष्णुमति र मनहरा किनारका ‘सुकुम्बासी’बस्न मानिरहेका छैनन् । सुकुम्बासी र गरिब व्यक्तिहरुका लागि सरकारले चारवटा ठूला अपार्टमेन्ट बनाएको छ ।
सरकारले १२ करोड रुपैयाँ लगानी गरेर दुई स्थानमा निर्माण गरेका यी भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ फ्ल्याट छन् । काठमाडौंका नदी किनारमा रहेका सक्कली सुकुम्बासीहरुलाई सुविधासहितको भवनमा व्यवस्थापन गर्ने भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा ०६९ सालमा सरकारले यी भवनहरु बनाउने निर्णय गरेको भए पनि सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा बनेको आवास काठमाडौंका वास्तविक सुकुम्बासीले देख्नसम्म पाएका छैनन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sukumbasi-Apartment-11-scaled.jpg)
पूर्णप्रयोगमा नआएर जीर्ण बन्दै गरेको सुविधा सम्पन्न अपार्टमेन्टका एउटा बल्कमा भने नागार्जुन नगरपालिकाको वडा नं. १ को कार्यालय र अस्थायी पोष्ट रहेको छ भने एउटा बल्क भने मानव सेवा आश्रमले प्रयोग गरिरहेको छ।
यसरी सुकुम्बासी र गरिबहरूको लागि बनाइएका सो अपार्टमेन्टहरु पूर्ण रूपमा प्रयोग नहुँदा लेऊ,र झारले छोपिएको छ र जीर्ण समेत बन्दै गएको छ।
यसैबीच सर्वोच्च अदालतले पनि गत पुसमा काठमाडौंका नदी किनाराका वास्तविक सुकुम्बासीको पहिचान गरि स्थानन्तरणको काम अघि बढाउन भनेको छ ।
अदालतले करिब १२ वर्ष अघिको मुद्दामा फैसला गर्दै चरणबद्ध रूपमा नदी किनारा र सडकबीचको हरियाली क्षेत्र ओगटेर बस्नेहरूलाई हटाउने व्यवस्था गर्न भन्दै बाढीको जोखिममा रहेका घर टहराहरू पहिलो चरणमा हटाउन भनेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sukumbasi-Apartment-3-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sukumbasi-Apartment-4-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sukumbasi-Apartment-5-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sukumbasi-Apartment-6-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sukumbasi-Apartment-7-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sukumbasi-Apartment-8-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sukumbasi-Apartment-2-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sukumbasi-Apartment-1-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sukumbasi-Apartment-17-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sukumbasi-Apartment-16-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sukumbasi-Apartment-15-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sukumbasi-Apartment-14-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sukumbasi-Apartment-11-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sukumbasi-Apartment-12-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sukumbasi-Apartment-13-768x512.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
SHARE YOUR THOUGHTS