![](https://internal.appharu.com/wp-content/uploads/2024/07/airplan1.png)
काठमाडौं । काठमाडौंबाट पोखरा जना लागेको सौर्य एयरको जहाज दुर्घटना भएपछि अहिले विमानस्थलमा ठूलो संख्यामा प्रहरीसहित सुरक्षाकर्मीहरुको टोली उद्धारको लागि खटिएको छ । आगो निभाउन विमानस्थलमा दमकल पठाइएको छ भने यात्रुको उद्धारका लागि एम्बुलेन्सहरु पठाइएको छ।
यात्रुहरुको हताहत भएको बुझिए पनि कति घाइते भन्ने यकिन छैन । बुधबार बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लागेको जहाज गोठाटारतर्फको खोचमा खसेपछि विमानमा आगोको मुस्लो देखिएको थियो।
मर्मतका लागि पोखरा जान लागेको उक्त विमानमा पाइलटसहित १९ जना कर्मचारीहरु रहेको बताइएको छ । दुर्घटनापछि विमानमा आगो लाग्दा विमानबाट सबै यात्रुलाई उद्धार गरी बाहिर निकालिएको छ ।
केही यात्रुलाई उपचारका लागि अस्पताल लगिएको छ भने केही शव निकालिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि अहिले विमानस्थल बन्द गर्दै ती यात्रुलाई अस्पताल लगिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/saure-plan-4-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/saure-plan-2-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/saure-plan-1-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/airplan2-768x403.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/saure-plan-5-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/tia-aagolagi-768x403.png)
SHARE YOUR THOUGHTS