![](https://internal.appharu.com/wp-content/uploads/2024/07/cabinet.jpg)
काठमाडौं । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना भएपछि यसबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
घटनास्थल निरीक्षण गरेर फर्किएपछि प्रधानमन्त्री ओलीले साँझ ५ बजेका लागि आकस्मिक बैठक डाकेका हुन् ।
बुधबार बिहान ११ बजे काठमाडौंबाट पोखराका लागि उड्न लागेको सौर्य एयरको विमान दुर्घटना हुँदा १८ यात्रुको मृत्यु भएको थियो भने एक पाइलट घाइते भएर उनको उपचार भइरहेको छ । मन्त्रिपरिषदको बैठकले घटनाबारे छनबिन समिति बनाउने अपेक्षा गरिएको छ ।
बुधबार बिहानको उक्त दुर्घटनापछि प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख लगायत उच्च अधिकारिहरुले घटनास्थलको निरीक्षण गरेका थिए ।
SHARE YOUR THOUGHTS