नेपाल बंगलादेश फूलवारी मार्ग व्यापार: नेपाल लगातार घाटामा « Eglish Khabarhub

नेपाल बंगलादेश फूलवारी मार्ग व्यापार: नेपाल लगातार घाटामा


१५ आश्विन २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

विराटनगर । अढाई दशक पहिला फूलवारी मार्गबाट सुरु भएको नेपाल–बंगलादेश द्विपक्षीय व्यापार सुरुवाती केहीवर्षलाई छाडेर नेपाली पक्षको व्यापार लगातार घाटामा गएको छ ।

यसको मुख्य कारणमा सन् २०१९ मा बंगलादेशको राजधानी ढाकामा भएको नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय बैठकले नेपालका कृषिजन्य उत्पादनसहित १ सय ८ प्रकारका सामग्रीलाई भन्सार सुबिधा दिने द्विपक्षीय सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नहुनु र सरकारले पनि यसमा चासो नदिनुलाई मानिएको छ ।

त्यतिमात्र होइन, नजिकको तिर्थ हेला भने झै सरकारले बंगलादेशसँगको व्यापारका लागि संभाव्यता अध्ययन नै नगर्दा हरेक वर्ष व्यापार घाटा चुलिएको नेपाल बंगलादेश व्यापारलाई नजिकबाट बुझेका उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले जनाए ।

मुसुरो निकासीमा सरकारले पटक पटक अवरोध गर्नु, सस्तो मूल्यमा उपलब्ध हुने क्यानाडाको मुसुरोले बजार अतिक्रमण गर्नु र नेपालबाट निकासी हुने सामानमा बंगलादेशले भन्सार महसुल बढी लगाउँदा समेत सरकारले कुटनीतिक पहल नगर्नु बंगलादेशसँगको व्यापार घाटा चुलिनुको प्रमुख कारण भएको बोहोराको भनाइ छ ।

ठूलो आवादी भएको बंगलादेशलाई नेपाल सरकारले नजिकको तिर्थ हेला झै गरेको उनको दाबी छ । नेपालबाट मुसुरो, गहुँ, तरकारी, सिमेन्ट, ढुंगा लगायतका सयौं वस्तु निकासी गर्न सकिन्छ । तर सरकारले अहिलेसम्म सम्भाव्यता अध्ययनै गरेको छैन ।

‘बंगलादेशले सुरुमा दुई चार आइटम नेपालतर्फ निर्यात गर्थों अहिले जुट, औषधि, गार्मेन्ट, जुस, विद्युतीय सामग्रीसहित ठूलो परिमाणमा व्यापार बढाएर लगातार व्यापार नाफा लिइरहँदा पनि सरकारले नयाँ रणनीति नअपनादा व्यापार घाटा स्वत बढने नै भो,’बोहोराले भने, ‘जुनसुकै मुलुकको व्यापार सरकारको नीतिमा निर्भर रहन्छ । नेपाल सरकारको नीति नै छैन र भएको पनि विकलाङ्ग जस्तो छ ।’ सरकारको यस्तो नीतिमा हुने वैदेशिक व्यापारले घाटा हुनु स्वाभिक भएको उनी बताउँछन् ।

२०५४ साल भदौ दोस्रो सातादेखि नेपाल–बंगलादेश बीच फूलबारी नाकाबाट द्विपक्षीय व्यापार सुरु गरेको थियो । आर्थिक वर्ष २०५४/२०५५ देखी २०५६/२०५७ सम्म यो मार्गवाट नेपालको व्यापार नाफामा थियो । आव २०५६/२०५७ मा नेपालले बंगलादेशसँग ९४ करोड २३ लाख मूल्यको ब्यापार गर्दा बंगलादेशले नेपालसँग ४१ करोड ३२ लाखको ब्यापार गरेको थियो । त्यसको चार वर्ष घाटामा गएको ब्यापार आव ०६४/०६५ देखि आव ०७०/०७१ सम्म सात वर्ष नेपालको ब्यापार नाफामा रह्यो । त्यो बेलामा गहुँ, मशुरो र जडिबुटी लगायत कृषि उत्पादन बंगलादेश निर्यात हुँदै आएको थियो । त्यसबेला बंगालदेशले पनि कृषि उत्पादनमा न्यूनतम भन्सार दर कायम गरेको थियो ।

आर्थिक वर्ष २०८०/२०८१ मा ३ अर्ब १३ करोड ५२ लाख ५६ हजार ब्यापार घाटा

बंगलादेशसँगको ब्यापारमा भएको छ । नेपालबाट ४६ करोड ३१ लाख ८९ हजार निकासी हुँदा बंगालदेशबाट ३ अर्ब ५९ करोड ८४ लाख ४५ हजार मूल्य बराबरको समान आयात भएको तथ्याङक छ । त्यस्तै आर्थिक वर्ष २०७९/२०८० मा ५ अर्ब १८ करोड नौं लाख १२ हजार ब्यापार घाटा भएको छ भने आव २०७८/२०७९ मा १० अर्ब ३७ करोड ७९ लाख ७९ हजार घाटा ब्यापार भएको छ । त्यसैगरि आर्थिक वर्ष २०७७/२०७८ मा ६ अर्ब ५४ करोड १३ लख एक हजार र आव २०७६/२०७७ मा चार अर्ब १२ लाख २२ हजार ब्यापार घाटा भएको भन्सार विभागको तथ्याङक छ ।

आर्थिक वर्ष ०७१/७२ देखि भने निरन्तर ब्यापार घाटामा रहेको छ । ‘दश वर्षदेखि नेपाल–बंगलादेश व्यापारमा नेपालले ब्यापार घाटा ब्यहोरिरहेको छ । मेची भन्सार कार्यालयका अनुसार बंगलादेशवाट कच्चा जुट, औषधी, फाष्टफुट सहित विद्युतिय सामाग्री देखी खाना पकाउने कुकर समेत आयात भइरहेको र नेपालबाट जाने कृषि उत्पादन र औद्योगिक उत्पादनको निर्यात क्रमिक रुपमा घटदै जाँदा व्यापार घाटा बढदै गएको हो ।

सन् २०१९ मा बंगलादेशको राजधानी ढाकामा भएको नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय बैठकले नेपालका कृषिजन्य उत्पादनसहित १ सय ८ प्रकारका सामाग्रीलाई भन्सार सुबिधा दिने निर्णय गरे पनि त्यो अहिलेसम्म कार्यान्वयन नहुँदा नेपालले फूलवारी मार्गवाट व्यापार घाटा भोग्नु परेको नेपाल–बंगलादेश चेम्बर एन्ड ट्रेडर्सका संस्थापक पन्नालाल जैनले बताए ।

बंगलादेशले नेपालका १ सय ८ वस्तुलाई भन्सारसहित सुविधा दिने र नेपालले पनि माछा, आलु चिप्स, रेफ्रिजेरेटर, ब्याट्री, गार्मेन्ट, प्लास्टिकजन्य वस्तु, सिमेन्ट, टोवाको, टमाटरको सस र बिस्कुटलगायत ५० वस्तुमा भन्सार शुल्क निशुल्क गर्ने भनेको थियो ।

सरकारले चाहेमा बंगलादेशसँगको ब्यापार घाटालाई नाफामा लिएर जान सकिने जैनले वताए । उनले नाफामा गएको ब्यापार घाटामा आउनासाथ सरकारले चासो दिएर त्यसलाई नाफामा लिएर जान कुनकुन नीति अपनाउनुपर्छ अनि कुटनीतिक पहल कसरी गर्ने भनेर बेलैमा काम नगर्दा एक दशकदेखि बंगलादेशसँगको ब्यापार घाटा निरन्तर बढीरहेको उनको बुझाइ छ ।

बंगालदेशसँग सरकारले त्यहाँको कृषि उत्पादन र नेपालको कृषि उत्पादनमा एफटिए सम्झौता गरेमा नेपालले एक दशकदेखी ब्यहोर्दै आएको ब्यापार घाटा सन्तुलनमा आउने जैनको आकलन छ । अहिले नेपाली कृषि उपजलाई बंगलादेशले ८० प्रतिशतसम्म भन्सार लगाउदा यहाँको उत्पादन निकासी हुन सकिरहेको छैन । नेपाली उत्पादनमा बढी भन्सार लगाएको कारण म्यानमारबाट अबैध रुपमा मार्गवाट कृषि उपज बंगलादेश भित्रिदा नेपाली कृषि उत्पदनले बंलादेशमा बजार गुमाउदै गएको जैनको विश्लेषण छ ।

दुई साता अघि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी सहितको टोलीले बंगलादेशको भ्रमण गरेर नेपाली कृषि उपज निर्यातको सम्भावनाका बारेमा अध्ययन गरेर फर्केको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार ००:००  ७ : २५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping