बजेट ल्याउने पर्यटन बोर्डको कसरत ४ महिनादेखि असफल, पेस्कीको समय सकिँदा अप्ठ्यारोमा प्रवर्द्धनका कार्यक्रम « Eglish Khabarhub

बजेट ल्याउने पर्यटन बोर्डको कसरत ४ महिनादेखि असफल, पेस्कीको समय सकिँदा अप्ठ्यारोमा प्रवर्द्धनका कार्यक्रम


२२ कार्तिक २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पर्यटन प्रवर्द्धन र विकास गर्ने निकाय कमजोर बन्दै गएको पछिल्लो चार महिनासम्म बजेट नआउनुले पुष्टि गरेको छ । असार २५ मै बजेट ल्याएर साउनदेखि कार्यान्वयन गर्नुपर्ने नेपाल पर्यटन बोर्ड अझै निर्णय गर्न सक्ने अवस्थामा पुगेको छैन । बोर्डले तयार पारेको बजेट पनि ल्याउन नसकेको हो ।

सार्वजनिक निजी साझेदारीको नमूना संस्था मानिएको नेपाल पर्यटन बोर्डको काम कारबाही चालु आर्थिक वर्ष सुरुवातको पछिल्लो दुई महिना प्रमुख कार्यकारी अधिकृत (सीईओ) नहुँदा प्रभावित भयो । बोर्डले भदौ २० गते सीईओ नियुक्ति गर्यो तर तत्कालै बजेट ल्याउने गरी काम अगाडि भने बढ्न सकेको छैन ।

पर्यटन बोर्डका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हुने व्यवस्था छ । पर्यटन सचिवले बोर्ड बोर्ड बैठक राख्न चाहेको अवस्थामा सीईओले आवश्यक प्रस्ताव तयार पार्ने हो । बोर्ड चलाउन निजी क्षेत्रका ५ जना, सीईओ र ५ जना सरकारी कर्मचारी प्रतिनिधि हुने व्यवस्था छ ।

अध्यागमन विभाग, अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट एक एक जना प्रतिनिधि बोर्डमा सदस्य हुने व्यवस्था छ ।

बोर्ड बैठकले बजेट पास गर्ने काम गर्छ । यसका लागि बजेट बनाउने काम भने पर्यटन बोर्डले बनाएको उपसमितिले तय गर्छ । उपाध्यक्ष कमल सापकोटाको संयोजकत्वको एक समितिले बजेट बनाएर पर्यटन बोर्ड सञ्चालक समितिसमक्ष पेश गरिसकेको भए पनि पारित हुन भने सकेको छैन ।

बोर्डले नेपालको पर्यटन प्रवर्द्धन र विकास गर्ने जिम्मा पाएको भए पनि चार महिनाभन्दा लामो समयदेखि बजेट ल्याउन नसक्दा यसका काम कारबाहीमा सुस्तता आएको छ ।

पर्यटन बोर्डले समयमा नै काम गर्न नसक्दा स्वीकृत गरिसक्नुपर्ने दिनभन्दा पछि अर्थात साउन लागेपछि मात्रै बजेट निर्माणका लागि उपसमिति बनेको थियो । उक्त उपसमितिले पनि सीईओ पर्खर बसेको थियो । जसका कारण यो वर्ष पनि पर्यटन बोर्डको बजेट निर्माणको प्रक्रियामा ढिलाइ भएको हो ।

नेपाल पर्यटन बोर्डको बजेट २५ असारभित्रै स्वीकृत हुने व्यवस्था छ । सो व्यवस्थाअनुसार बोर्डले कुनै पनि वर्ष काम गर्न सकेको छैन् । ‘पर्यटन बोर्ड आर्थिक तथा खरिद विनियमावली २०७२’ अनुसार असार २५ गतेभित्र आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

विनियमावलीको विनियम ५ को उपविनियम ४ अनुसार स्वीकृतिका लागि प्रस्तावित भएको कार्यक्रम तथा बजेट अनुमानलाई समितिले जस्ताको जस्तै वा संशोधनसहित २५ असारसम्ममा स्वीकृत गरिसक्नुपर्छ ।

बोर्डको बजेट असारभित्रै आउनुपर्ने नियम बनेको भए पनि अहिलेसम्म समयमा नै बजेट आएको जानकारी आफूलाई थाहा नभएको नेपाल पर्यटन बोर्डका सहप्रवक्ता मणिराज लामिछानेले बताए । उनका अनुसार बोर्डले तोकिएको समयमा बजेट ल्याउन नसक्दा बर्षेनी कार्यक्रम र बजेट कार्यान्वयन प्रभावकारिता न्यून भएको देखिएको छ ।

‘समयमा नै बजेट आएको अवस्थामा कार्यान्वयन पक्ष अलिबढी बलियो भएका छन् भने ढिलो हुँदा कार्यान्वयन पक्ष पनि कमजोर भइरहेको छ,’ लामिछानेले भने ।

लामिछानको अनुसार बजेट नआउँदा पेश्की बजेट ल्याएर काम चलाउने गरिएको छ । यसले पर्यटन प्रवर्द्धनमा समस्या नहुने दाबी उनको छ । तर, पूर्ण रुपमा नआएको बजेट, निर्धारित समयभन्दा ढिलो भएको र पेश्की खर्च गर्ने समयसमेत सकिएकोले पनि बोर्डको पूर्ण बजेटको पखाई भइरहेको छ ।

बोर्डका निर्देशकसमेत रहेका लामिछानेका अनुसार पर्यटनबाट हुने लाभ बुझाउन नसक्दा प्रवर्द्धनमा गएको लगानीलाई खर्च मात्रै भयो भनेर आरोप मात्रै लागिरहेको छ । जबसम्म पर्यटन प्रवर्द्धनमा भएको खर्चलाई लगानी मान्न सकिदैन तबसम्म बोर्डले अपेक्षअनुसारको गति लिन पनि गाह्रो पर्ने बुझाई लामिछानेको छ ।

उनले भने ‘नेपाललाई प्रिमियर होलिडेको रुपमा चिनाउने काम समेत हुन सकेको छैन । विदेशी मुद्रा भित्र्याउने प्रमुख स्रोत पर्यटन नै भएपनि स्रोतसम्म पुग्न दिन नसक्नु नै बिडम्बना हो ।’

सरकारी निकायलेसमेत पर्यटन बोर्डका कर्मचारीको घुम्नजाने बजेट धेरै भयो भनेर विरोध गर्ने गरका छन् भने जे जिम्मेवारीको काम हो त्यहिँ काम गरेका छन भनेर बुझेका छैनन् । बोर्डको काम नै प्रवर्द्धन गर्ने भएकोले यसको मर्म बुझिदिनुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय पर्यटन बोर्डको बजेट प्रवर्द्धन भर्सेस पूर्वाधार हुन पुग्नुले पनि यसको प्रभावकारिता कम हुन पुगेको देखिन्छ । पूर्वाधारमा कमा गर्ने निकाय संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका विभिन्न निकाय हुँदाहुँदै पनि बोर्डको बजेटलाई समेत दोहन गर्नुले अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रवर्द्धन कमजोर भएको बुझाई बोर्डकै अधिकारी बताउँछन् । पर्यटन बोर्डलाई २०७२ पछि पूर्वाधारमा बढ्दै गएको खर्चलाई रोकेर प्रवर्द्धनमा ल्याउनुपर्ने चुनौति छ ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले भने तयारी पूरा भएकोले एक साताभित्रै बजेट आउने बताए । उनका अनुसार उपसमितिले बजेट तयार पारेर पर्यटन बोर्ड सञ्चालक समितिसमक्ष पेश भइरहेको छ । बोर्डको सीईओ पर्यटन प्रवर्द्धनकै क्रममा देशबाहिर भएकोले तत्काल बजेट नआएको हो । अबको एक साताभित्रै बोर्डको बैठक बस्ने र बजेटका सबै कार्यक्रम स्वीकृत हुने छ । यो वर्ष बोर्डले सीईओ पाउने भएको ढिलाइसँगै समयमा नै काम गर्न नपाएको कारण बजेट ल्याउन ढिलो भएको उपनि उनले स्वीकार गरे ।

त्यसो त नेपाल पर्यटन बोर्डले गत आर्थिक वर्ष २०८०/८१ मा जम्मा ४५ करोड रुपैयाँ मात्रै बजेट खर्च गर्न सकेको छ । बोर्डले गत वर्ष १ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेकोमा कुल बजेटको ३० प्रतिशत खर्च गर्न मुश्किल परेको देखिएको छ ।

बोर्डका सहप्रवक्ता लामिछानेका अनुसार गत वर्ष खर्च कार्यविधि स्वीकृत नभएको र पर्यटन बोर्ड सञ्चालक समितिले समयमा नै बजेट नल्याउँदा पेश्की बजेटसमेत नछुट्उन नसक्दा भएको ढिलाइको असर बजेट खर्चमा परेको स्वीकार गर्छन ।
बोर्डले गत वर्ष २०८०/८१ मा ९८ करोड रुपैयाँ आम्दानी गरेको थियो । नेपाल भित्रिएका विदेशी पर्यटक बाहिरिदा प्रति पर्यटक एक हजार रुपैयाँ भ्याट बाहेक नै तिर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार संकलन भएको आम्दानी बोर्डले वार्षिक रुपमा बजेट बनाएर खर्च गर्ने गरेको छ ।

पर्यटन बोर्डले पर्यटकबाट उठाएको पैसा पर्यटक ल्याउनमै खर्च गर्ने गरेको पनि लामिछानको भनाइ छ । ‘बोर्डको काम विभिन्न देशबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने नै हो । यसैका लागि बोर्डले विभिन्न अन्तर्राष्ट्रिय स्तरमा पुगेर पर्यटन प्रवर्द्धन गर्ने काम गर्छ,’ उनले भने ।

गतवर्ष बोर्डले बजेट ल्याउन गरेको ढिलाइले अन्तर्राष्ट्रिय स्तरमा हुने मेला महोत्सवसहितको कार्यक्रममा सहभागि हुन सकेन । बोर्डले गत वर्ष अन्तर्राष्ट्रिय मेला महोत्सवमा जाँदा गर्ने खर्च कार्यविधि ल्याएर मात्रै काम गर्ने भनेर बोर्डले बजेटै लेखिदियो विडम्बना कार्यविधि भने आएन् । विगतका वर्षहरुको तुलनामा खर्च गर्न बाटो खुलाउने र विगतका अभ्यास भन्ने व्यवस्थामसेत नभएकोले खर्च हुन नसकेको बुझाइ पर्यटन बोर्डको छ ।

यो वर्ष पनि बोर्डको सीईओ आर्थिक वर्ष सुरु भएको दुई महिसम्म पनि खाली हुनुको कारण समयमा बजेट आउँन नसकेको स्वीकार पर्यटन बोर्डको छ । सीईओ आएपछि तत्काल हुनुपर्ने बजेटको काममा पनि प्राविधिक पक्षबाट भएको ढिलाईले बजेट आउनै ढिलो भएको तर्क बोर्डका कर्मचारीको छ ।

बोर्डले यो वर्ष २०८१/८२ को लागि भने एक अर्ब १७ करोड रुपैयाँको बजेटको तयारी गरेको छ । बोर्डले चालु आवको लागि तयारी गरेको उक्त बजेटमध्ये ७० प्रतिशत पर्यटन प्रवर्द्धनमै रहेको छ । बोर्डको प्रमुख उदेश्य पनि नेपालको पर्यटनका अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन नै हो ।

पर्यटन बोर्डको बजेटलाई जति धेरै प्रवर्द्धनमा खर्च गर्न सकियो उत्ति नै बढी विदेशी पर्यटक आकर्षित गर्न सकिने बुझाइ बोर्डको बजार प्रवर्द्धन विभागको छ । बोर्डले पछिल्लो समय भने पूर्वाधारलाई छोड्ने, प्रवर्द्धनलाई जोड्ने गरी योजना र कार्यक्रम बनाइरहेको पनि उल्लेख छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार ००:००  १० : ५६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping