ग्वार्को फ्लाईओभर: पुस पहिलो सातासम्म सम्पन्न होला ? « Eglish Khabarhub

ग्वार्को फ्लाईओभर: पुस पहिलो सातासम्म सम्पन्न होला ?


२९ कार्तिक २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । ललितपुरको ग्वार्कोमा हुने चर्को ट्राफिक जाम नियन्त्रण गर्ने उद्देश्यले निर्माण सुरु भएको फ्लाईओभरको निर्माण सम्पन्न हुन अझै केही महिना लाग्ने भएको छ ।

म्याद थप गरेर पनि निर्माण सम्पन्न गर्न तोकिएको समयमा यो फ्लाईओभरको निर्माण सम्पन्न हुन नसक्ने सडक विभागका अधिकारीहरुले औंल्याएका छन् । यो फ्लाईओभर नेपालको पहिलो नमूना फ्लाईओभर हो ।

विभागका निर्देशक प्रभातकुमार झाले भने निर्धारित समयमै यसको निर्माण कार्य सम्पन्न हुने दाबी गरे ।

‘म्याद थपपछि हामी द्रुतगतिमा निर्माण कार्य गरिरहेका छौं, आशा गरौं निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन्छ,’ झाले भने,‘म्याद थपपछि निर्धारित समयभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न ठेक्केदार कम्पनीलाई पत्राचारसमेत गरिसकेका छौं ।’

पुल र मेकानिक्याली स्टाब्लिजाइड अर्थ वाल (एमएसई वाल) सम्बन्धी निर्माण कार्य निर्धारित समयमा सक्ने अवस्था निक्कै कम भएकाले निर्माण कार्य अझै केही महिना लम्बिने विभागका एक अधिकारीले बताए ।

उक्त फ्लाईओभर निर्माण गर्न सडक विभागले आशिष समानान्तर रेलिगेर जेभीसँग २०७८ माघ २७ गते सम्झौता गरेको थियो । यसको लागत खर्च १७ करोड ६७ लाख रुपैयाँ थियो ।

यो सम्झौताअनुसार २०७८ फागुन १२ गतेदेखि निर्माण कार्य सुरु गरी २०८० फागुन १२ गते फ्लाईओभरको निर्माण सम्पन्न गर्नुपर्ने अवधि तोकिएको थियो ।

निर्माणकार्य सुरु भएको केही महिनापछि डिजाइन गलत भएको भन्दै केही समय निर्माण कार्य अवरुद्ध भएको थियो ।

थप कामसहित पुनः नयाँ डिजाइन तयार भएपछि मात्रै निर्माण कार्यले निरन्तरता पाए पनि अर्को डिजाइनअनुसार थपिएको कामका कारण पछिल्लो समयमा तोकिएको समयभित्र निर्माण सम्पन्न हुन नसक्ने विभागका एक अधिकारीले जानकारी दिए ।

निर्माण भइरहेको फ्लाइओभरको र्‍याममा चार हजार १०२ बलियो पायलहरु राखिएको छ । जुन कुरा सुरुमा भएको डिजाइनमा आवश्यक नपर्ने भन्दै हटाइएको थियो । पछि डिजाइन पुनः तयार हुँदा यो र्‍याम थपिएको हो ।

र्‍याममुनी कमसल माटो परेकाले पहिलेको डिजाइन परिवर्तन गरी पायलहरु थपिएको हो । जमिनमा स-साना खाल्डाहरु खनेर त्यसमा ग्राभेल माटो हालेर माथि उठाउने कार्यलाई पायल भनिन्छ । यो पायललगायतका काम थपिएका कारण यसको निर्माण अवधि लम्बिएको हो ।

निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेपछि ठेक्केदार कम्पनीको प्रस्तावमा विभागले गत वैशाखमा आगामी पुस ८ गते सक्ने गरी १० महिनाको लागि म्याद थप गरेको थियो ।

फ्लाईओभर अन्तर्गत ३० मिटर स्पानको ४ लेन प्रिकास्ट गिर्डर प्रविधिको पुल निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पुलको लम्बाई भने ३५ मिटर रहने उल्लेख छ । यस्तै एमएसई वाल भएको ५ सय मिटर एप्रोच सडक, कालोपत्रे, ट्राफिक लाइट जडान गर्नुपर्ने थियो ।

फ्लाईओभर ४९० मिटर रहनेछ । बालकुमारीतर्फबाट २८० मिटर लामो र्‍याम र सातदोबाटोतर्फबाट १३५ मिटर लामो र्‍याम रहने व्यवस्था गरिएको छ । फ्लाई–ओभरको उचाइ भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६ मिटरको राखिएको छ ।

उक्त फ्लाईओभर निर्माण भइरहेको चक्रपथ आठ लेनको भएकाले त्यसको बीचमा चार लेनलाई फ्लाई–ओभरमार्फत माथि उठाइएको छ । जहाँ चक्रपथमै आवतजावत गर्ने सवारीहरू चल्नेछन् । मङ्गलबजार– इमाडोल– मङ्गलबजार सञ्चालन हुने सवारीहरू भने फ्लाईओभर मुनिबाट चल्नेछन् ।

फ्लाइओभर निर्माणपछि चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभू सडक खण्डमा सवारी साधनलाई सुरक्षित, सहज तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा प्राप्त हुने विश्वास लिइएको छ ।

हालसम्म के के निर्माण भयो ?

यसमध्ये हालसम्म पुन निर्माणतर्फ ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । यसमा रेलिङ्ग, पेभमेन्ट, रंगरोगनलगायतको काम गर्न बाँकी छ ।

यस्तै १.२ मिटर व्यास भएको ३० मिटर गहिरो पाइल फाउन्डेसनको निर्माण कार्य सम्पन्न भएको छ । यस्तै गरी विभिन्न लम्बाईको पायरसमेत निर्माण भएको छ । यसैगरी ३६.२ मिटर लम्बाई, १६.४ मिटर चौडाई भएको कास्ट इनसीटु स्लावको निर्माण पनि सम्पन्न भइसकेको छ ।

एमएसई वाल भएको एप्रोच सडकतर्फ प्रिकास्ट कंक्रिट फेस प्यानेल जडानको लागि तयार भइसकेको छ । यसमध्ये कोटेश्वरतर्फ ३२० मिटरमध्ये २५६ मिटर जडान भइसकेको छ । कोटेश्वरतर्फ अब ६४ वटा प्रिकास्ट कंक्रिट फेस प्यानेल जडान गर्न बाँकी छ ।

यस्तै सातदोबाटोतर्फ १८० मिटरमध्ये १२० मिटर प्रिकास्ट कंक्रिट फेस प्यानेल जडान भइसकेको छ भने अब ६० मिटरमा जडान गर्न बाँकी छ ।

यसबाहेक कालोपत्रे गर्न र ट्राफिक लाइट जडान गर्ने काम पनि बाँकी नै रहेको झाले जानकारी दिए ।

निर्धारित समयमा निर्माण सम्पन्न गर्न विभागिय मन्त्रीको निर्देशन

यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधीन फ्लाईओभरको सोमबार बिहान स्थलगत अध्ययन गरेका छन् ।

स्थलगत अध्ययन गर्दै मन्त्री दाहालले फ्लाईओभर निर्माणको कामलाई गति दिन निर्देशन दिएका थिए । पूर्वाधार तथा विकास आयोजनाको निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताउदै मन्त्री दाहालले फ्लाईओभर निर्माण कार्यलाई गति दिएर निर्धारित समयमा सक्न निर्देशन दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार ००:००  ११ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping